दार्मा गाउँपालिकामा माओवादीको क्लिनस्वीप  « Khabarhub

दार्मा गाउँपालिकामा माओवादीको क्लिनस्वीप 


४ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ – सल्यानको दार्मा गाउँपालिकामा नेकपा माओवादी केन्द्रले क्लिनस्वीप गरेको छ । अध्यक्ष, उपाध्यक्षसहित सबै वडा जित्दै माओवादीले दार्मामा क्लिनस्वीप गरेको हो ।

अध्यक्षमा माओवादीका निमबहादुर केसीले दोस्रो कार्यकालका लागि ४ हजार ४ सय ६४ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्व नेपाली कांग्रेसका रामचन्द्र केसीले ३ हजार १४ मत प्राप्त गरे ।

रामचन्द्रलाई १ हजार ४ सय ५० मतको फराकिलो मतान्तरले निम बहादुरले पराजित गरेका हुन् । उपाध्यक्ष माओवादी केन्द्रकै जुना मल्ल ४४६६ मत ल्याएर निर्वाचित भएकी छन् । उनकी निकटतम प्रतिद्वन्द्वी  नेपाली कांग्रेसकी उषा चन्दले २ हजार ८ सय ६४ मत ल्याएकी छन् । मल्लले १ हजार ४ सय ५२ मतले चन्दलाई पराजित गरेकी हुन् ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा कांग्रेस र एमालेको गठबन्धन हुँदा वडा नं १ जितेको थियो । तर, यस पटक माओवादीले दार्मामा वडा न १ मा टंक केसी, २ मा सार्की खत्री, ३ मा पोखर बहादुर खत्री, ४ मा चन्द्र बहादुर रावत, ५ मा सुदिप केसी र ६ मा देवी खत्री निर्वाचित भएका छन् ।

प्रकाशित मिति : ४ जेठ २०७९, बुधबार  ८ : ३१ बजे

नेपाल कुनै पनि बाह्य शक्तिको भूराजनीतिक खेलमैदान बन्नु हुँदैन : झलनाथ खनाल

काठमाडौं- पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाल कुनै पनि बाह्य शक्ति राष्ट्रको भूराजनीतिक

पोखरा रंगशालामा सरसफाइ (तस्बिरहरू) 

पोखरा- पोखरा रंगशालामा शनिबार सरसफाइ तथा गोडमेल गरिएको छ। कास्की जिल्ला

बाढी प्रभावित क्षेत्रमा १६ मनोपरामर्शदाता परिचालन

भक्तपुर- बागमती प्रदेश सरकारले रसुवाको भोटेकोशी क्षेत्रमा बाढीबाट प्रभावित नागरिकका लागि

प्रधानमन्त्री राहत कोषमा सहयोग बढ्दै, हालसम्म साढे १३ अर्ब मौज्दात

काठमाडौं– प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ

राष्ट्रपति सी चिनफिङ नयाँदिल्लीमा

नयाँदिल्ली – चिनियाँ राष्ट्रपति सी चिनफिङ १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी