मतगणना परिसरमा १३ वर्षीया इच्छा दाहालकाे काँक्रो व्यापार « Khabarhub

मतगणना परिसरमा १३ वर्षीया इच्छा दाहालकाे काँक्रो व्यापार

दैनिक २ हजार ५०० आम्दानी


४ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बारा- बाराको निजगढमा स्थानीय तह निर्वाचनको मतगणना निजगढ नगरपालिकाको वडा नम्बर ७ स्थित नगरपालिकाको कार्यालयमा चलिरहेको छ । नगरपालिकाको सभाहल लगायत अन्य दुई कोठाभित्र मतगणना चलिरहेका बेला भवनको पश्चिमतर्फ २४ सै घण्टा राजनीतिक दल र उम्मेदवार, कार्यकर्ता र शुभचिन्तकहरूको भिड लागिरहेको हुन्छ ।

त्यही भिडको छेउमा काँक्रो बेच्न बसेका छिन् निजगढ नगरपालिका ६ की १३ वर्षीया इच्छा दाहाल । मतगणनाको परिणामको पर्खिरहेका सर्वसाधारणले आफ्नो भोक मेटाउन काँक्रो किन्ने गर्छन् र कुनै बेला दाहाललाई बेच्न भ्याइनभ्याइ हुन्छ । 

विजय उम्मेदवारहरूको परिणाम करिब ५ घण्टाको अन्तरमा आइरहेको छ । उम्मेदवारले कति मत पाए भन्ने नतिजा भित्रबाट बाहिर आउने मानिसको पर्खाइमा शुभचिन्तक र मतदाताले त्यहीँ काँक्रो बेचिरहेका दाहालको छेउमा केराको फेदमा कुराकानी गरिरहेका हुन्छन् । 

दाहालले मतगणना परिसरमा काँक्रोको व्यापार गरेर राम्रो आम्दानी गरिरहेकी छिन् । एउटा काँक्रो प्रतिगोटा २० रुपैयाँसम्म बिक्री हुँदै आएको पाइएको छ । दाहालले दैनिक २ हजार ५०० बराबरको काँक्रो बिक्री भइरहेको बताइन् । उनले आफ्नै घरबाट ल्याएको काँक्रो बिक्री गर्ने गरेको उनले बताइन् । 

यस्तै मतगणना परिसरमा रहेका आसपासका चिया र नास्ता पसलहरूसमेत भिडभाड हुँदा यहाँको व्यापार ह्वात्तै बढेको स्थानीय व्यवसायीहरूले बताएका छन् ।

 

प्रकाशित मिति : ४ जेठ २०७९, बुधबार  १२ : ५१ बजे

५ करोड बजेटसहित ‘बुद्ध-परिपथ’ निर्माण सुरु: काभ्रेका पनौती, नमोबुद्ध र तेमाल जोडिँदै

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको दक्षिण-पूर्वी भेगका ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्रलाई

के आफ्नै सरकारलाई घेर्न रविले मान्छे उतारेका हुन् ?

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीमा अहिले संसद्‍देखि सामाजिक सञ्जालमासमेत दुई धार

मुग्लिन-नारायणगढ सडकखण्ड सञ्चालन

काठमाडाैँ – मुग्लिन-नारायणगढ सडकखण्डअन्तर्गत १५ किलोमा खसेको लेदो पन्छाएपछि सडक

डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु

सुनसरी – इटहरी उपमहानगरपालिका–४ मा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा

गणेशमान सिंहको आदर्शलाई आत्मसात् गर्दै अघि बढ्न कांग्रेस सभापति थापाको आह्वान

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले लौहपुरुष गणेशमान सिंहको