मतगणना परिसरमा १३ वर्षीया इच्छा दाहालकाे काँक्रो व्यापार « Khabarhub

मतगणना परिसरमा १३ वर्षीया इच्छा दाहालकाे काँक्रो व्यापार

दैनिक २ हजार ५०० आम्दानी


४ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बारा- बाराको निजगढमा स्थानीय तह निर्वाचनको मतगणना निजगढ नगरपालिकाको वडा नम्बर ७ स्थित नगरपालिकाको कार्यालयमा चलिरहेको छ । नगरपालिकाको सभाहल लगायत अन्य दुई कोठाभित्र मतगणना चलिरहेका बेला भवनको पश्चिमतर्फ २४ सै घण्टा राजनीतिक दल र उम्मेदवार, कार्यकर्ता र शुभचिन्तकहरूको भिड लागिरहेको हुन्छ ।

त्यही भिडको छेउमा काँक्रो बेच्न बसेका छिन् निजगढ नगरपालिका ६ की १३ वर्षीया इच्छा दाहाल । मतगणनाको परिणामको पर्खिरहेका सर्वसाधारणले आफ्नो भोक मेटाउन काँक्रो किन्ने गर्छन् र कुनै बेला दाहाललाई बेच्न भ्याइनभ्याइ हुन्छ । 

विजय उम्मेदवारहरूको परिणाम करिब ५ घण्टाको अन्तरमा आइरहेको छ । उम्मेदवारले कति मत पाए भन्ने नतिजा भित्रबाट बाहिर आउने मानिसको पर्खाइमा शुभचिन्तक र मतदाताले त्यहीँ काँक्रो बेचिरहेका दाहालको छेउमा केराको फेदमा कुराकानी गरिरहेका हुन्छन् । 

दाहालले मतगणना परिसरमा काँक्रोको व्यापार गरेर राम्रो आम्दानी गरिरहेकी छिन् । एउटा काँक्रो प्रतिगोटा २० रुपैयाँसम्म बिक्री हुँदै आएको पाइएको छ । दाहालले दैनिक २ हजार ५०० बराबरको काँक्रो बिक्री भइरहेको बताइन् । उनले आफ्नै घरबाट ल्याएको काँक्रो बिक्री गर्ने गरेको उनले बताइन् । 

यस्तै मतगणना परिसरमा रहेका आसपासका चिया र नास्ता पसलहरूसमेत भिडभाड हुँदा यहाँको व्यापार ह्वात्तै बढेको स्थानीय व्यवसायीहरूले बताएका छन् ।

 

प्रकाशित मिति : ४ जेठ २०७९, बुधबार  १२ : ५१ बजे

पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

गण्डकी– चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा पोखरा महानगरपालिका

आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस

काठमाडौं– आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस हो । विसं

विश्वकप तयारी : नेपाली टिमको बलिङ कोचमा अस्ट्रेलियन क्रिकेटर इयान हार्भे नियुक्त

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले अस्ट्रेलियाका पूर्वक्रिकेटर इयान हार्भेलाई

चिसो बढे पनि ढोरपाटनमा घटेन पर्यटकको चहलपहल

ढोरपाटन– यतिबेला ढोरपाटनमा अत्यधिक चिसो बढेको छ । बिहानपख धारामा

पेट्रोलियम पदार्थको मूल्य समायोजन

काठमाडौं– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ