सुरु भयो कान्स « Khabarhub

सुरु भयो कान्स


४ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना महामारीको कारण अघिल्ला दुई वर्ष हुन नसकेको संसारकै पुरानो मानिने कान्स फिल्म फेस्टिभल फ्रान्समा सुरु भएको छ । 

No description available.

फेस्टिभल उद्घाटन समारोहलाई भर्चुअल सम्बोधन गर्दै युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले पनि सम्बोधन गरेका छन् । ७५ औँ कान्स फ्रेन्च रिभेरियामा आयोजना भएको हो । कान्स आयोजकले रुसी फिल्म र प्रतिनिधिलाई रोक लगाएका छन् ।

No description available.

यद्यपि, केही युक्रेनी निर्देशकले बनाएका फिल्म चाही प्रदर्शन हुनेछन् । जसमा सर्जेइ लोजनिताको डकुमेन्ट्री ‘द न्याचुरल हिस्ट्री अफ डिस्ट्रक्सन’ समेत छ ।

No description available.

माइकल हाजानाभिसियस निर्देशित जम्बोइ फिल्म ‘जेड’ हेर्न प्रिमियरमा उपस्थित आगन्तुकलाई भर्चुअल स्वागत गर्दै युक्रेनी राष्ट्रपति जेलेन्स्कीले तानाशाहसँग जुध्न युवा फिल्ममेकरलाई आग्रह गरे । युक्रेनको पछिल्लो स्थितिलाई चित्रण गर्न राष्ट्रपति जेलेस्न्कीले फोर्ड कोपोलाको ‘एपोक्लिप्स नाउ’ र चार्ली च्याप्लिनको ‘द ग्रेट डिक्ट्याटर’ फिल्म हेर्न सिफारिस गरेका थिए । रुस–युक्रेन युद्धमा युक्रेनको पक्षमा समर्थन गर्ने फिल्म ‘जेड’ प्रिमियर गर्दै सुरु गरिएको कान्सको रेडकार्पेटमा इभा लोंगोरियो, जुलियाना मुर्रे, बेरेनिसो बेजो र ‘नो टाइम टु डाइ’ स्टार लासाना लिन्चले औपचारिक पोशाकमा रेडकार्पेट नापे ।

No description available.

आगामी मे २८ सम्म चल्ने फेस्टिभलमा संसारका २१ फिल्मले पामदे ओर पुरस्कारका लागि प्रतिस्पर्धा गर्नेछन् । अभिनेता टम क्रुजको ‘टप गन माभेरिक’ फिल्म लिएर फेस्टिभल पुगेका छन्  । स्वयं अभिनेता क्रुज रेडकार्पेटमा हिँड्नेछन् । यसपटक कान्सका जुरी सदस्यमा फ्रान्सेली अभिनेता भिन्सेन्ट लिन्डन, बलिउड अभिनेत्री दीपिका पादुकोण, रेबेका हल, असगर फरादी लगायत छन् ।

यसपटक नेपालले पहिलोपटक औपचारिकरुपमा  प्रतिस्पर्धामा  भाग लिएको छ । नेपालबाट लघु फिल्म ‘लोरी’ को टिम पनि कान्समा सहभागी हुँदैछ । ‘लोरी’ नेपालबाट मुख्य प्रतिस्पर्धामा अफिसियल्ली छनोट हुने पहिलो फिल्म हो । अविनाशविक्रम शाह निर्देशित फिल्मले १ सय ४० देशका ३५ सय बढी फिल्मबाट उत्कृष्ट ९ मा स्थान बनाएको हो । नेपालले अब चीन, साउथ कोरिया, कोस्टारिका, अमेरिका, फ्रान्स, घाना र लिथुनियाका फिल्मसँग प्रतिस्पर्धा गर्नेछ । 

No description available.

हङकङको समेत निर्माण रहेको १४ मिनेटको ‘लोरी’ ले २८ का दिन आफ्नो भाग्य निर्धारण गर्नेछ । फिचर फिल्ममा जस्तै सर्ट फिल्मको विधातर्फ पनि उत्कृष्ट हुने फिल्मलाई पाम डी अर प्रदान गर्ने गरिन्छ । यसैगरी, नेपालबाट कान्समा सहभागी हुन ‘एक मुठ्ठी बादल’ को निर्माता र निर्देशक पनि फ्रान्स पुगिसकेका छन् ।

No description available.सहारा शर्मा लिखित तथा निर्देशित यो फिल्मले भारतको फिल्म बजारमा उत्कृष्ट हुँदै कान्समा पिचिङको मौका पाएको थियो । आफू अभिनित इटालीको फिल्म ‘द एइट् माउन्टेन्स’ प्रिमियरमा भाग लिन नेपाली अभिनेत्री सुरक्षा पन्त पनि कान्समा गएकी छन् ।

No description available.

प्रकाशित मिति : ४ जेठ २०७९, बुधबार  ३ : १० बजे

केन्यामा हात्ती मर्न थालेपछि चिन्ता

नैरोबी- दक्षिणी केन्यामा अज्ञात रोगका कारण जुनयता कम्तीमा २० वटा

फिलिपिन्समा लेप्टोस्पाइरोसिसका कारण कम्तीमा १० जनाको मृत्यु

मनिला- मध्य फिलिपिन्सको इलोइलो प्रान्तमा विगत आठ महिनामा लेप्टोस्पाइरोसिस सङ्क्रमणका

रास्वपाले अघि बढायो स्थानीय तह निर्वाचनका उम्मेदवार छनोट प्रक्रिया

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय निर्वाचनका लागि उम्मेदवार

फिल्म ‘ल्याङ्ग ल्याङ्ग’को हिरोमा प्रजल

काठमाडौं – बलिराम चौहानको निर्देशनमा बन्ने फिल्म ‘ल्याङ्ग ल्याङ्ग’को शीर्ष

ट्रयाक्टरको ठक्करबाट युवतीको मृत्यु

सर्लाही– सर्लाहीको मलङ्गवामा भएको सवारी दुर्घटनामा एक युवतीको मृत्यु भएको छ