आयोगले माग्यो निर्वाचनको काममा लापरवाही गर्ने कर्मचारीको विवरण « Khabarhub

आयोगले माग्यो निर्वाचनको काममा लापरवाही गर्ने कर्मचारीको विवरण


४ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– निर्वाचन आयोगले गत वैशाख ३० गते स्थानीय तह निर्वाचन मतदानको समयमा लापरवाही गर्ने कर्मचारीको विवरण मागेको छ । 

मतदान कार्यमा खटिएका जिम्मेवार मतदान अधिकृतबाट भएका विभिन्न प्रकारका गल्तीहरूले निर्वाचनमा विवाद उत्पन्न भई निर्वाचन अवरुद्ध हुने, स्थगित हुने र मतगणना समेत प्रभावित भएको आयोगले जनाएको छ ।  

‘गम्भीर गल्ती गर्ने मतदान अधिकृत र संलग्न अन्य कर्मचारीको नाम, थर, पद, कार्यरत कार्यालयको नाम र ठेगाना, कर्मचारी संकेत नं. खटिएको मतदान केन्द्रको नाम र ठेगाना सबै विवरण खुलाई आयोगमा पठाउन सम्बन्धित मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई आयोगले निर्देशन दिएको छ,’ आयोगले आज जारी गरिएको विज्ञप्तिमा भनिएको छ । 

मतदानको समयमा मतपत्रमा दस्तखत नगरी मतदातालाई दिने, अर्धकट्टी सहित मतपत्र दिने, अर्धकट्टीमा दस्तखत नगराउने, स्ट्याम्प प्याडको सट्टामा अर्कै  मसी प्रयोग गराउने, मतपत्र र मतदाताको सही विवरण तयार नगर्ने जस्ता कार्य हुँदा केही स्थानमा विवाद भई मतदान स्थगित भएका थिए । 

प्रकाशित मिति : ४ जेठ २०७९, बुधबार  ४ : ३८ बजे

मध्यपहाडी लोकमार्ग : ‘आर्क ब्रिज’ निर्माण सुरु

पर्वत– पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क

म्याग्दीका ध्रुवले फलाए १२० मुरी धान

म्याग्दी–  यहाँका एक जना किसानले एक सय २० मुरी धान

यस्तो छ आजको फलफूल तथा तरकारीको थोक मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

माघे सङ्क्रान्तिमा खाना महोत्सव

पाँचथर– माघे सङ्क्रान्तिको अवसर पारेर फिदिममा खाना महोत्सव आयोजना गरिएको

पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

गण्डकी– चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा पोखरा महानगरपालिका