बालात्कार र यौन दुर्व्यवहारको आरोपमा बेलायती सांसद पक्राउ « Khabarhub

बालात्कार र यौन दुर्व्यवहारको आरोपमा बेलायती सांसद पक्राउ


४ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बलात्कार र यौन दुर्व्यवहारको आरोपमा बेलायतमा कन्जरभेटिभ पार्टीका एकजना सांसद पक्राउ परेका छन् । पक्राउ परेका सांसदको नाम गोप्य राखिएको बीबीसीले जनाएको छ । सन् २००२ देखि २००९ को अवधिमा दुर्व्यवहार गरेको आरोपमा उनलाई हिरासतमा राखिएको महानगरीय प्रहरीले पुष्टि गरेको छ ।

अनुसन्धान भइरहेकाले उनलाई प्रमुख सचेतकले संसद्‍मा उपस्थित नहुन भनेका छन् । उनीमाथि  सार्वजनिक कार्यालयमा विश्वासको पदको दुरुपयोगको आरोप पनि लागेको बीबीसीले जनाएको छ ।

‘सन् २००२ देखि सन् २००९ को अवधिमा गरिएको भनिएको यौन दुर्व्यवहारबारे महानगरीय प्रहरीले सन् २०२० को जनवरीमा एउटा रिपोर्ट प्राप्त गरेको थियो’ महानगरीय प्रहरी प्रवक्ताले भने, ‘घटना लण्डनमा भएका थिए ।’

लण्डनको महानगरीय प्रहरीका अनुसार ‘केन्द्रीय विशेषज्ञ अपराध एकाई’ ले घटनाबारे अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ४ जेठ २०७९, बुधबार  ६ : २५ बजे

विपद् व्यवस्थापनमा सरकार संवेदनशील छ : गृहमन्त्री

काठमाडौं- गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापन आफ्नो मन्त्रालयको प्राथमिक जिम्मेवारी भएकाले

‘दुर्गा प्रसाईंको राजनीतिक स्वार्थले धर्नारत नागरिकको जीवन संकटमा’

काठमाडौं– ललितपुरको पुल्चोकस्थित राष्ट्रिय मानवअधिकार आयोग अगाडि विगत ६ दिनदेखि

जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको कार्यकारी निर्देशकमा सञ्जीव बराल

काठमाडौं- जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको कार्यकारी निर्देशकमा सञ्जीव बराल

चार महिनापछि लय समात्न खोज्दै प्रधानमन्त्री बालेन

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह चार महिनापछि बिस्तारै आफ्नो लयमा फर्किन

बागमतीमा सत्ताको खेलले राप्रपामा भाँडभैलो, केन्द्रको निर्देशन लत्याएपछि दलका नेता थापामाथि कारबाही !

काठमाडौं- बागमती प्रदेशमा सरकार गठनको विषयलाई लिएर राष्ट्रिय प्रजातन्त्र पार्टी