मकवानपुरको मनहरीमा गठबन्धन विजयी, अघिल्लो पटकको विजेता एमाले चार सदस्यमा सीमित « Khabarhub

मकवानपुरको मनहरीमा गठबन्धन विजयी, अघिल्लो पटकको विजेता एमाले चार सदस्यमा सीमित


४ जेष्ठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागमती– मकवानपुरको मनहरी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।

आज अबेर सार्वजनिक मतपरिणामअनुसार गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार रञ्जन कालाखेती र उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र) की सीता पुलामी विजयी भएका हुन् ।

निर्वाचन कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार अध्यक्षमा निर्वाचित कालाखेतीले निवर्तमान अध्यक्षसमेत रहेका नेकपा(एमाले) का उम्मेदवार एकराज उप्रेतीलाई चार हजार ३४६ मतको फराकिलो अन्तरले पराजित गरेका हुन् ।

कालाखेतीले नौ हजार ३१६ मत प्राप्त गर्दा उप्रेतीले चार हजार ९७० मत प्राप्त गरे ।

त्यस्तै नेकपा (एमाले) की उम्मेदवार सुजिता थिङलाई एक हजार १६ मतान्तरले पराजित गर्दै नेकपा (माओवादी केन्द्र) की पुलामी पालिकाको उपाध्यक्ष निर्वाचित भएकी छिन् । ।

अघिल्लो निर्वाचनमा चार वटा वडामा प्यानलसहित पालिकाको अध्यक्ष, उपाध्यक्ष जितेको एमालेले यो निर्वाचनमा मनहरीमा जम्मा चार जना सदस्य मात्रै जित्न सफल भएको छ ।

प्रकाशित मिति : ४ जेष्ठ २०७९, बुधबार  ११ : ४७ बजे

बङ्गलादेशको रिसोर्टमा भीषण आगलागी, छ जनाको मृत्यु

ढाका- बङ्गलादेशको दक्षिणपूर्वी क्षेत्रमा पर्ने कक्स बजार जिल्लास्थित एक रिसोर्टमा

साइबर ब्युरोबाट रिहा भएपछि किशोर श्रेष्ठले भने- प्रेस स्वतन्त्रता जिन्दावाद !

काठमाडौं- साइबर ब्युरोबाट छुटेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठले आज

लिग २ मा नेपाल क्यानडासँग २४ रनले पराजित

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको शनिबार सम्पन्न खेलमा

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

ललितपुर- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नागरिकको विश्वासको केन्द्रको

साइबर ब्युरोबाट छुटे किशोर श्रेष्ठ

काठमाडौं- शनिबार पक्राउ परेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ केही