गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा गहनासहित एक यात्रु पक्राउ « Khabarhub

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा गहनासहित एक यात्रु पक्राउ


४ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भैरहवा- गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन जस्तो देखिने गहनासहित एक यात्रु पक्राउ परेका छन् । भन्सार परिसरमा आएका यात्रुले मोजामा लुकाइराखेको अवस्थामा एक सय २२ ग्राम गहना बरामद गरिएको हो ।

जजिरा एयरलाइन्सको विमानबाट कतारबाट कुवेत हुँदै भैरहवा आएका पाल्पा रिब्दीकोटका राजेन्द्र कुँवरले अराइभल भन्सार एरियामा जाँच गर्ने क्रममा लुकाई छिपाई राखेको अवस्थामा उक्त परिमाणको गहना बरामद भएको  गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका निमित्त भन्सार अधिकृत तीर्थराज पासवानले जानकारी दिए । ‘तीन वटा सिक्री र एक वटा ब्रास्लेटसहित यात्रुलाई नियन्त्रणमा लिएका छौ, थप अनुसन्धान हुन्छ ।’ पासवनले भने ।

बिहान करिब ६ बजे आएको विमानमा सवार यात्रुको भन्सार चेकजाँचको क्रममा वाकथ्रुबाट लुकाई छिपाई ल्याएको अवस्था देखिएको हो । युवा काम गरेर नेपाल फर्केको अवस्थाको हो वा अन्य भन्ने विषय खुलेको छैन । वैधानिक रूपमा ५० ग्रामसम्म सुन ल्याउन पाइने व्यवस्था रहे पनि अन्य गहनाको हकमा पूर्व जानकारी गराउनु पर्ने भए पनि केही त्यस्तो जानकारी नगराएको पाइएको छ ।

पक्राउ परेका उनलाई बरामद सामानसहित आवश्यक अनुसन्धानको लागि राखिएको छ ।

प्रकाशित मिति : ४ असार २०७९, शनिबार  १२ : ४८ बजे

मनोनयन दर्ता सकियो, यस्तो छ भृकुटीमण्डपको चहलपहल (तस्बिरहरू)

काठमाडौं- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन चौथो दिनमा पुग्दा मनोनयन

स्रोत नखुलेको अमेरिकी डलरसहित एकजना पक्राउ

कमलामाई– सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ माथिल्लो बजारस्थित चेकपोष्टमा स्रोत नखुलेको अमेरिकी

यात्रुले आपतकालीन ढोका खोल्दा बुद्धको जहाज रोकियो

काठमाडौं– यात्रुले जहाजको आपतकालीन ढोका खोल्दिँदा बुद्ध एयरको उडान नै

कांग्रेस विशेष महाधिवेशन : विद्युतीय मेशिनमा मतदान तयारी

काठमाडौं- चार दिनदेखि जारी नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनअन्तर्गत नयाँ

साढे तीन घण्टा बित्दा पनि सुरू भएन कांग्रेस संस्थापनको बैठक

काठमाडौं : बुधबार बिहान ८ बजेका लागि नेपाली कांग्रेस संस्थापन