‘क्यान्सर ह्याज नो एन्सार होइन, क्यान्सर ह्याज एन्सार भएको छ’ « Khabarhub

‘क्यान्सर ह्याज नो एन्सार होइन, क्यान्सर ह्याज एन्सार भएको छ’


४ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नगरकोट-  कुनै बेला क्यान्सर ह्याज एन्सर (क्यान्सरको उपचार छ ?) भन्दा ‘नो’ भन्नु पर्ने अवस्था थियो । तर, अहिले क्यान्सर ह्याज एन्सर (क्यान्सरको उपचार छ) भन्न सकिने अवस्था छ । तर, यसका लागि समयमै रोगको पहिचान भने हुनुपर्ने शनिवार आयोजित एक कार्यक्रमका सहभागीहरूले बताए ।

नेपाल क्यान्सर सपोर्ट ग्रुपले नगरकोटमा आयोजना गरेको ३०औँ ‘सुदिप्त क्यान्सर सर्भाइवर मिट’मा क्यान्सर निको भएका व्यक्तिहरूले क्यान्सरको उपचार सम्भव भएको बताएका हुन् ।

क्यान्सर उपचारका लागि सुरुमै पहिचान हुनुपर्नेमा जोड दिँदै उनीहरूले नेपालमै अन्तर्राष्ट्रिय स्तरको क्यान्सरको उपचार हुने पनि बताए । त्यसकारण क्यान्सर भएकाहरूले आ–आफ्नो मनोबल नगिराउन उनीहरूको सल्लाह छ । नेपाल क्यान्सर सपोर्ट ग्रुपका अध्यक्ष दिलीप भटरार्इले क्यान्सर बारेको जनचेतना अझै व्यापक बनाउनु पर्ने औँल्याए ।

क्यान्सरको पहिलो उपचार नै मनोबल रहेको भन्दै उनले मनोबल उच्च राख्न सबै बिरामीलाई सल्लाह दिए । नेपाल क्यान्सर सपोर्ट ग्रुपका उपाध्यक्ष एवं सुदिप्त क्यान्सर सर्भाइवर मिटका संयोजक स्वरुपा श्रेष्ठले क्यान्सरको उत्तर रहेको भन्दै खुसीसाथ जीवन बिताउन सुझाइन् । क्यान्सर रोग निको हुने रोग रहेको भन्दै उनले ठिक समयमा उपचार गरे खुसीसाथ नयाँ जीवन जिउन सकिने जनाइन् ।

नेपाल क्यान्सर सपोर्ट ग्रुपका अर्का उपाध्यक्ष शशाङ्क शर्माले क्यान्सर रोगको नेपालमै उपचार गरी निको भएको २१ वर्षको अनुभव सुनाए । महासचिव गणेशभक्त श्रेष्ठले ग्रुपले निरन्तर सचेतना कार्यक्रम गरिरहेको र त्यसलाई निरन्तर व्यापक रूपमा लैजाने योजना रहेको सुनाए ।

कार्यक्रममा क्यान्सरलाई परास्त गरी २५ वर्षभन्दा बढी समयदेखि रोगमुक्त भएका दजर्नौ व्यक्तिले क्यान्सरबाट सचेत हुनुपर्ने तर भइसकेपछि डराउनु पर्ने अवस्था नरहेको अनुभव सुनाए । उनीहरूले क्यान्सर भएपछि उपचार गर्नुभन्दा हुनै नदिनमा भने विशेष सचेतना अपनाउन सुझाए ।

कार्यक्रममा क्यान्सरलाई परास्त गरी स्वस्थ्य जीवन बाँंचिरहेका तीन दर्जन व्यक्तिले अनुभव सुनाउँदै क्यान्सर निको हुने र मनोबल उच्च राख्न अनुरोध गरे ।

प्रकाशित मिति : ४ असार २०७९, शनिबार  १ : ०४ बजे

नागार्जुनमा करोडौँको अनियमितता : अख्तियारको छापापछि प्रमाण लुकाउन खडा गरियो नयाँ स्रेस्ता

काठमाडौं- काठमाडौँको नागार्जुन नगरपालिकामा गैरकानूनी बढुवा, जिन्सी खरिदमा फर्जी कागजात

भोटेकोशी बाढीप्रभावितका लागि एनसेल कर्मचारीद्वारा ३३ लाख ५० हजार सहयोग

काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार

जटिल रोगका बिरामीलाई बागमती प्रदेश सरकारले उपचारमा सहुलियत दिइने

मकवानपुर– बागमती प्रदेश सरकारले क्यान्सर, हृदयाघात तथा महिलामा हुने पाठेघरको मुखको

चामे-बेँसीसहर सडक अवरुद्ध

मनाङ– हिमाली जिल्ला मनाङको लाइफलाइन मानिएको चामे-बेँसीसहर सडकमा पहिरो खस्दा

कांग्रेसमा निषेध अभियान सुरू, गुरु घिमिरेलाई ‘टीके’ भन्दै मुगु पस्न नदिने इतरको घोषणा

मुगु- नेपाली कांग्रेसको संस्थापन इतर समूहले महामन्त्री गुरुराज घिमिरेलाई मुगु