‘क्यान्सर ह्याज नो एन्सार होइन, क्यान्सर ह्याज एन्सार भएको छ’ « Khabarhub

‘क्यान्सर ह्याज नो एन्सार होइन, क्यान्सर ह्याज एन्सार भएको छ’


४ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नगरकोट-  कुनै बेला क्यान्सर ह्याज एन्सर (क्यान्सरको उपचार छ ?) भन्दा ‘नो’ भन्नु पर्ने अवस्था थियो । तर, अहिले क्यान्सर ह्याज एन्सर (क्यान्सरको उपचार छ) भन्न सकिने अवस्था छ । तर, यसका लागि समयमै रोगको पहिचान भने हुनुपर्ने शनिवार आयोजित एक कार्यक्रमका सहभागीहरूले बताए ।

नेपाल क्यान्सर सपोर्ट ग्रुपले नगरकोटमा आयोजना गरेको ३०औँ ‘सुदिप्त क्यान्सर सर्भाइवर मिट’मा क्यान्सर निको भएका व्यक्तिहरूले क्यान्सरको उपचार सम्भव भएको बताएका हुन् ।

क्यान्सर उपचारका लागि सुरुमै पहिचान हुनुपर्नेमा जोड दिँदै उनीहरूले नेपालमै अन्तर्राष्ट्रिय स्तरको क्यान्सरको उपचार हुने पनि बताए । त्यसकारण क्यान्सर भएकाहरूले आ–आफ्नो मनोबल नगिराउन उनीहरूको सल्लाह छ । नेपाल क्यान्सर सपोर्ट ग्रुपका अध्यक्ष दिलीप भटरार्इले क्यान्सर बारेको जनचेतना अझै व्यापक बनाउनु पर्ने औँल्याए ।

क्यान्सरको पहिलो उपचार नै मनोबल रहेको भन्दै उनले मनोबल उच्च राख्न सबै बिरामीलाई सल्लाह दिए । नेपाल क्यान्सर सपोर्ट ग्रुपका उपाध्यक्ष एवं सुदिप्त क्यान्सर सर्भाइवर मिटका संयोजक स्वरुपा श्रेष्ठले क्यान्सरको उत्तर रहेको भन्दै खुसीसाथ जीवन बिताउन सुझाइन् । क्यान्सर रोग निको हुने रोग रहेको भन्दै उनले ठिक समयमा उपचार गरे खुसीसाथ नयाँ जीवन जिउन सकिने जनाइन् ।

नेपाल क्यान्सर सपोर्ट ग्रुपका अर्का उपाध्यक्ष शशाङ्क शर्माले क्यान्सर रोगको नेपालमै उपचार गरी निको भएको २१ वर्षको अनुभव सुनाए । महासचिव गणेशभक्त श्रेष्ठले ग्रुपले निरन्तर सचेतना कार्यक्रम गरिरहेको र त्यसलाई निरन्तर व्यापक रूपमा लैजाने योजना रहेको सुनाए ।

कार्यक्रममा क्यान्सरलाई परास्त गरी २५ वर्षभन्दा बढी समयदेखि रोगमुक्त भएका दजर्नौ व्यक्तिले क्यान्सरबाट सचेत हुनुपर्ने तर भइसकेपछि डराउनु पर्ने अवस्था नरहेको अनुभव सुनाए । उनीहरूले क्यान्सर भएपछि उपचार गर्नुभन्दा हुनै नदिनमा भने विशेष सचेतना अपनाउन सुझाए ।

कार्यक्रममा क्यान्सरलाई परास्त गरी स्वस्थ्य जीवन बाँंचिरहेका तीन दर्जन व्यक्तिले अनुभव सुनाउँदै क्यान्सर निको हुने र मनोबल उच्च राख्न अनुरोध गरे ।

प्रकाशित मिति : ४ असार २०७९, शनिबार  १ : ०४ बजे

जेन-जी जनविद्रोह तुहाउने षड्यन्त्र भइरहेको छ : अध्यक्ष साह

काठमाडौं– आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले ऐतिहासिक

राप्रपा र राप्रपा नेपालबीच एकता

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबीच

तोकिएको जरिवाना नबुझाउने छ वटा राजनीतिक दल खारेज

काठमाडौं– निर्वाचन आयोगले तोकिएको जरिवाना नबुझाएका छ वटा राजनीतिक दलको

एनएमबि बैंकलाई डिजिटल सर्भिसेज् आइसीटी अवार्ड २०२५ प्रदान

काठमाडौं– एनएमबि बैंक लिमिटेडले डिजिटल रूपान्तरणमार्फत सेवा प्रवाह गरेबापत डिजिटल

नेपाल पहिलोपटक अन्तर्राष्ट्रिय आईस स्केटिङ प्रतियोगितामा सहभागी हुँदै

काठमाडौं– नेपालले इतिहासमै पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको आईस स्केटिङ प्रतियोगितामा