एसपीपीको सत्य तथ्य बाहिर ल्याउनुपर्छ : अध्यक्ष नेपाल « Khabarhub

एसपीपीको सत्य तथ्य बाहिर ल्याउनुपर्छ : अध्यक्ष नेपाल


४ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सत्ता गठबन्धन दलले ‘स्टेट पार्टनरसिप प्रोग्राम’ (एसपीपी ) का विषयमा प्रधानमन्त्री शेर बहादुर देउवासँग छलफल गर्ने भएका छन् ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले माओवादी अध्यक्ष प्रचण्ड, जसपा अध्यक्ष उपेन्द्र यादव र आफूबिच शनिबार छलफल भएको र एसपीपी का बारेमा प्रधानमन्त्री देउवासँग छलफल गर्ने निष्कर्ष निकालिएको जानकारी दिए।

शनिबार पार्टीको युवा विशेष जिल्ला कमिटीको शपथग्रहण कार्यक्रममा नेपालले एसपीपी सम्झौता नगर्ने यसअघि नै प्रधानमन्त्रीले स्पष्ट पारे पनि यसको चर्चा परिचर्चा धेरै भएकाले पुन छलफल गर्ने बताए। अध्यक्ष नेपालले राष्ट्रिय अन्योललाई चिर्दै एसपीपीको सत्य तथ्य बाहिर ल्याउनुपर्ने उल्लेख गरे।

एसपीपीमा धेरै बहस भएपछि खोज्दै जाँदा संसदमा यस विषयमा हङ्गामा मनाउने दल नै जोडिएको कुरा आएको उनले बताए ।  त्यस्तै उनले सरकार र सेनाको धारणा बुझ्दा एसपीपी अगाडि नबढ्ने विषय पक्कापक्की भएको धारणा राखे।

उनले देशभक्तिको झन्डा र लोकतन्त्रको झन्डालाई आफ्ना पार्टीले कहिल्यै नछाड्ने स्पष्ट पारे।

प्रकाशित मिति : ४ असार २०७९, शनिबार  ३ : ५० बजे

दुर्गा प्रसाईँलाई सर्वमान्य नेताको जिम्मेवारी दिन्छौँ : धवल शमशेर

काठमाडौं– जय नेपाल पार्टी गठनको तयारी गरेका नेता डा. धवलशमशेर

हर्मुजमा इरान–ओमान सहमति नजिक

एजेन्सी– इरान र ओमान हर्मुज जलघाँटी पार गर्ने जहाजका लागि

हिरोसिमाबाट आणविक हतियारविरुद्ध विश्वलाई चेतावनी

टोकियो- अमेरिकी आणविक बम आक्रमणको ८१औँ स्मृति दिवसका अवसरमा जापानको हिरोसिमा

चार अस्पताललाई शिक्षण अस्पतालका रुपमा प्रयोग गर्न स्वीकृति

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले चार वटा प्रादेशिक अस्पताललाई सहिद दशरच

विभिन्न स्थानबाट खैरो हेरोइनसहित पक्राउ

काठमाडौं– काठमाडौंलगायत विभिन्न स्थानबाट विभिन्न व्यक्तिलाई बुधबार अवैध लागूऔषध खैरो