कामपामा पूर्वाधार एम्बुलेन्सको प्रयोग बिहान र बेलुका मात्रै | Khabarhub Khabarhub

कामपामा पूर्वाधार एम्बुलेन्सको प्रयोग बिहान र बेलुका मात्रै


४ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले केही दिनदेखि सञ्चालनमा ल्याएको पूर्वाधार एम्बुलेन्सको प्रयोग अब बिहान र बेलुमा मात्र गरिने भएको छ ।दिउँसोको समयमा सडकमा मर्मतको काम गर्दा ट्राफिक व्यवस्थापनमा समस्या हुन थालेपछि कामपाले बिहान र साँझ मात्र सडकको खाल्डो पुर्ने भएको हो ।

महानगर प्रमुख बालेन्द्र साहको निर्देशनअनुसार विगत एक हप्तादेखि पूर्वाधार एम्बुलेन्स सञ्चालनमा आएको हो । यसको प्रयोग सडकका खाल्डा पुर्न गरिँदै छ । यसअघि फोहर बोक्ने दुई गाडीलाई रङ्ग लगाएर टिलिक्क बनाएपछि यसले गर्ने काम पनि बदलिएको हो । महानगरका इन्जिनियर कामदारसहित ६ जनाको टोली नागरिकको गुनासोअनुसार  टोल–टोलमा पुगेर सडकको मर्मतको काम भइरहेको छ ।

कामपाको भौतिक पूर्वाधार विभाग प्रमुख राम थापाका अनुसार कल सेन्टरमार्फत सडक पेटी, ढल, इँटा, ब्लकहरू बिग्रेको र भत्केको गुनासो आउनासाथ उक्त टोली तत्काल पुगेर काम सुरु गर्ने गरेको छ ।  अहिलेसम्म डल्लु, नयाँ बानेश्वर, बुद्ध नगर र बालुवाटार क्षेत्रबाट धेरै गुनासो आएकाले उक्त क्षेत्रमा काम भइरहेको छ ।

ब्रुमर पुनः सञ्चालनमा 

तीन दिनदेखि काठमाडौँमा यान्त्रिक कुचो (ब्रुमर) पुनः सञ्चालनमा आएको छ । विगतमा सञ्चालन भएको तर चालकको करार अवधि सकिएकाले ब्रुमर दुई महिनादेखि सञ्चालनमा आउन सकेको थिएन ।

उक्त समस्या समाधान गरेर पुनः सञ्चालनमा ल्याइएको हो । हाल कामपामा ६ यान्त्रिक कुचो सञ्चालनमा छन् । फोहर मैला व्यवस्थापन गर्ने, ब्रुमरको नियमित उपयोग, खानेपानी तथा ढल निकास र बिजुलीका तार व्यवस्थापन गर्दा खनिएका खाडलको व्यवस्थापन जस्ता काम अहिले नियमित रूपमा भइरहेका छन् ।

प्रकाशित मिति : ४ असार २०७९, शनिबार  ५ : ०९ बजे

कक्षा १२ को परीक्षाफल : प्रमाणपत्र लिन, पुनर्योग गर्न र त्रुटि सच्याउन के गर्ने ?

काठमाडौँ – राष्ट्रिय परीक्षा बोर्डले २०८२ वैशाख २१ देखि जेठ

महाकालीमा बहाव बढेपछि सतर्कता अपनाउन आग्रह

खलङ्गा– भारतले उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगङ्गा जलविद्युत् परियोजनाको

‘कुलिङ पिरियड’ विवादमा रामहरिको प्रतिक्रिया : मैले गल्ती गरेको छैन, सभापतिका रूपमा जिम्मेवारी लिन्छु

काठमाडौं– नेपाली कांग्रेसका सांसद तथा संसदीय राज्य व्यवस्था तथा सुशासन

कागतीले उचित बजार नपाउँदा किसान मारमा

झापा– धानखेत मासेर छ वर्षअघि देखि कागतीखेती गरिरहेका गौरादह नगरपालिका-४

बबई नदीमा जलसतहले खतराको तह पार गर्‍यो

काठमाडौं– बबई नदीमा जलसतहले खतराको तह पार गरेको छ ।