कामपामा पूर्वाधार एम्बुलेन्सको प्रयोग बिहान र बेलुका मात्रै « Khabarhub

कामपामा पूर्वाधार एम्बुलेन्सको प्रयोग बिहान र बेलुका मात्रै


४ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले केही दिनदेखि सञ्चालनमा ल्याएको पूर्वाधार एम्बुलेन्सको प्रयोग अब बिहान र बेलुमा मात्र गरिने भएको छ ।दिउँसोको समयमा सडकमा मर्मतको काम गर्दा ट्राफिक व्यवस्थापनमा समस्या हुन थालेपछि कामपाले बिहान र साँझ मात्र सडकको खाल्डो पुर्ने भएको हो ।

महानगर प्रमुख बालेन्द्र साहको निर्देशनअनुसार विगत एक हप्तादेखि पूर्वाधार एम्बुलेन्स सञ्चालनमा आएको हो । यसको प्रयोग सडकका खाल्डा पुर्न गरिँदै छ । यसअघि फोहर बोक्ने दुई गाडीलाई रङ्ग लगाएर टिलिक्क बनाएपछि यसले गर्ने काम पनि बदलिएको हो । महानगरका इन्जिनियर कामदारसहित ६ जनाको टोली नागरिकको गुनासोअनुसार  टोल–टोलमा पुगेर सडकको मर्मतको काम भइरहेको छ ।

कामपाको भौतिक पूर्वाधार विभाग प्रमुख राम थापाका अनुसार कल सेन्टरमार्फत सडक पेटी, ढल, इँटा, ब्लकहरू बिग्रेको र भत्केको गुनासो आउनासाथ उक्त टोली तत्काल पुगेर काम सुरु गर्ने गरेको छ ।  अहिलेसम्म डल्लु, नयाँ बानेश्वर, बुद्ध नगर र बालुवाटार क्षेत्रबाट धेरै गुनासो आएकाले उक्त क्षेत्रमा काम भइरहेको छ ।

ब्रुमर पुनः सञ्चालनमा 

तीन दिनदेखि काठमाडौँमा यान्त्रिक कुचो (ब्रुमर) पुनः सञ्चालनमा आएको छ । विगतमा सञ्चालन भएको तर चालकको करार अवधि सकिएकाले ब्रुमर दुई महिनादेखि सञ्चालनमा आउन सकेको थिएन ।

उक्त समस्या समाधान गरेर पुनः सञ्चालनमा ल्याइएको हो । हाल कामपामा ६ यान्त्रिक कुचो सञ्चालनमा छन् । फोहर मैला व्यवस्थापन गर्ने, ब्रुमरको नियमित उपयोग, खानेपानी तथा ढल निकास र बिजुलीका तार व्यवस्थापन गर्दा खनिएका खाडलको व्यवस्थापन जस्ता काम अहिले नियमित रूपमा भइरहेका छन् ।

प्रकाशित मिति : ४ असार २०७९, शनिबार  ५ : ०९ बजे

मोबाइलमै भएको डिजिटल राहदानी र भिसा मान्य हुने

काठमाडौं– अध्यागमन विभागले मोबाइल एपमा उपलब्ध डिजिटल राहदानी र भिसा

चिलिमे र माथिल्लो त्रिशूली-१ को सुरूङभित्र एकै दिन ९ शव भेटिए

रसुवा– रसुवाको चिलिमे जलविद्युत् केन्द्रको सुरुङमा खोजीका क्रममा विद्युत् गृह

भारतबाट थप १६० ग्यास बुलेट ल्याइँदै : डेराका विद्यार्थी, सुत्केरी र गर्भवतीलाई पहिलो प्राथमिकता

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले १६० वटा अतिरिक्त ग्यास

कांग्रेस महाधिवेशनमा करिब सात हजार प्रतिनिधि सहभागी हुने

काठमाडौं– नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सात हजार हाराहारीमा महाधिवेशन प्रतिनिधि

यी हुन् मन्त्रिपरिषद् बैठकका मुख्य छ निर्णय

काठमाडौं– सरकारले सरकारी निर्णय प्रक्रिया सरलीकरण तथा डिजिटल बनाउने सम्बन्धी