एमालेले एसपीपीको नाममा गठबन्धन फुटाउन खोज्यो : प्रकाशमान सिंह « Khabarhub

एमालेले एसपीपीको नाममा गठबन्धन फुटाउन खोज्यो : प्रकाशमान सिंह


४ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सत्तारुढ नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले स्थानीय तह निर्वाचनको परिणामपछि झस्किएको नेकपा एमालेले सत्ता गठबन्धन फुटाउने अनेक प्रयास गरिरहेको आरोप लगाएका छन् ।

काभ्रेको बनेपामा आज (शनिबार) कांग्रेसको बनेपा नगर कार्यसमितिले आयोजना गरेको बधाई तथा शुभकामना आदानप्रदान कार्यक्रममा उनले निर्वाचनमा पराजित भएपछि एमालेले पाँच दलीय गठबन्धन फुटाउने प्रयास गरिरहेको आरोप लगाएका हुन् ।

स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) को विषयमा हुँदै नभएको विषय उचालेर विपक्षीबाट कांग्रेसमाथि प्रहार भइरहेको नेता सिंहले बताए । आफू सत्तामा हुँदा पत्र लेखेको विपक्षी दलले एसपीपीको नाममा गठबन्धन फुटाउन सकिन्छ कि भनेर प्रयास गरिरहेको उनको दाबी गरे ।

‘कांग्रेसले राष्ट्रको अहित हुने कुनै सम्झौता गर्दैन । प्रधानमन्त्रीले पटक-पटक आफू राष्ट्रको अहित हुने कुनै पनि सम्झौता गर्दिनँ भनिरहँदा पनि ‘हैन यो सम्झौता भएकै छ’ भन्नु र नियोजित तरिकाले १० बुँदे ड्राफ्ट सार्वजनिक गर्नुले विपक्षी दल आफै फसिसकेको छ,’ सिंहले भने ।

 कांग्रेसले मात्रै मुलुकको हित गर्न सक्ने भन्दै उनले कांग्रेसभित्रको आन्तरिक एकता बलियो भए मात्र लोकतन्त्र बलियो हुने जिकिर गरे ।

प्रकाशित मिति : ४ असार २०७९, शनिबार  ६ : ४२ बजे

नेपालको संविधान : शान्ति र सहकार्यको साझा दस्तावेज

काठमाडौं- कुनै पनि देशको संविधान राज्यअर्थात् शासन सञ्चालनको कानुनी दस्तावेज

‘विवेकपूर्ण ढङ्गले राष्ट्रिय सहमतिमा संविधान संशोधन गर्नु उपयुक्त हुन्छ’

काठमाडौं- लामो सङ्घर्षपछि जननिर्वाचित संविधानसभाबाट संविधान जारी भएको आज ११

दक्षिण सुडानमा ६ लाख ६१ हजारभन्दा बढी शरणार्थी, ७५ प्रतिशत महिला र बालबालिका

जुबा- दक्षिण सुडानले देशभरका ३१ स्थानमा ६ लाख ६१ हजार ५२९

कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह

कर्णाली– कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीले कर्णालीको विकासमा केन्द्रित हुन

‘संविधानको प्रभावकारी कार्यान्वयनबाट लोकतान्त्रिक गणतन्त्र बलियो हुन्छ’

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संविधानको प्रभावकारी कार्यान्वयनबाट लोकतान्त्रिक