युरोपमा डढेलो फैलिएपछि हजारौँ मानिस विस्थापित « Khabarhub

युरोपमा डढेलो फैलिएपछि हजारौँ मानिस विस्थापित


२ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

फ्रान्स – युरोपमा डढेलो फैलिएपछि हजारौँ मानिस घर छाड्न बाध्य भएका छन् । भूमध्यसागरीय जंगलमा लागेको आगो फैलिएपछि मानिसहरू घर छाड्न बाध्य भएका हुन् ।

स्पेन, क्रोएसिया र ग्रीसमा पनि आगो फैलिएपछि फ्रान्सले दक्षिण–पश्चिममा जंगलमा लागेको डढेलोबाट खतरामा परेका १४ हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारेको छ ।

फ्रान्सको एक लोकप्रिय पर्यटक क्षेत्र गिरोन्डेका अधिकारीहरूले क्याम्पसाइटहरूबाट गार्डहरू खाली गरेका छन् । उक्त क्षेत्रबाट पर्यटकहरूले पहिले नै छोडेका थिए । टेस्टे–डे–बुच र ल्यान्डिरास क्षेत्रमा पनि आगो फैलिएको छ ।

दक्षिणी स्पेनमा, मिजास पहाडहरूमा ३२ सयभन्दा बढी मानिसहरू डढेलाेबाट भागेका छन् । यद्यपि, केही मानिस भने फर्किएका छन् । पोर्चुगलको आगलागी अहिले नियन्त्रणमा आएको छ ।

पोर्चुगल सरकारले गत साता गर्मीका कारण ६५९ जनाको ज्यान गएको बताएको छ । मृत्यु हुनेमा धेरैजसो वृद्धबृद्धा छन्।

स्पेनमा मिजास क्षेत्रको आगलागी लोकप्रिय पर्यटकीय क्षेत्र मलागाबाट टाढा छैन । स्पेनको अन्य ठाउँ कास्टिला वाई लिओन, ग्यालिसिया र एक्स्ट्रेमादुरा प्रान्तहरूमा डढेलो फैलिएको छ । आगो निभाउन भूमध्यसागरमा पश्चिममा मोरक्कोदेखि पूर्वमा क्रेटसम्म हजारौँ अग्नि नियन्त्रकहरू र विमान तैनाथ छन् ।

मङ्गलबारदेखि सारा क्षेत्र चर्को गर्मीको प्रकोपमा परेको छ । चर्को गर्मीले वनस्पति सुकेको छन् ।

प्रकाशित मिति : २ श्रावण २०७९, सोमबार  १० : ५० बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले