बागमती गाउँपालिकाले निकाल्यो ११ जना कर्मचारी « Khabarhub

बागमती गाउँपालिकाले निकाल्यो ११ जना कर्मचारी


२ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर- ललितपुरको बागमती गाउँपालिकाका ११ जना कर्मचारी निकालिएका छन् । गाउँपालिकाको कार्यपालिका बैठकले करार अवधि नथप्ने निर्णय गरेसँगै उनीहरूको जागिर गएको हो ।

तर उनीहरूको करार नथप्ने निर्णय कार्यपालिकाबाट नभएको पाइएको छ । गाउँपालिका वडाध्यक्ष होमप्रसाद बजगाईँले राजनीतिक पूर्वाग्रहका कारण उनीहरूको करार अवधि थप नभएको बताए । उनले भने, ‘हुन त कार्यपालिका बैठकमा उनीहरूको नाम ल्याएर पढिएको हो । कार्यपालिका बैठकमा निर्णय नगरी विषयगत समितिबाट निर्णय गर्ने भनिएको थियो । तर विषयगत समितिलाई जानकारी नआएको गुनासो छ । यो निर्णय अनुमोदन भएको छैन ।’ बजगाईँले राजनीतिक पूर्वाग्रहबाट प्रेरित यो निर्णय गाउँपालिका अध्यक्षले बैठकमा पढेर सुनाएको बताए ।

गाउँपालिकामा ४५ जना करारमा कर्मचारी रहेकोमा ११ जनाको करार थप नभएको हो । करार अवधि थप नहुनेहरूमा विमला कार्की, मदन थापा, विनोद थापा मगर, पूजा शर्मा, रिता दुलाल, पदम मार्फा, युवराज घले, रजनी घिमिरे, सरस्वती घिमिरे, प्रतिक घिमिरे र लक्ष्मण तिमल्सिना छन् । कर्मचारीहरूलाई आइतबार मात्रै करार अवधि नथप्नेबारे जानकारी गराइएको थियो ।

गाउँपालिकाकाे स्थास्थ्य संस्थामा काम गर्ने कमचारीहरूसमेत निकालिएको छ । हेल्थपोष्ट जस्तो संवेदनशील क्षेत्रमा वर्षाैंदेखि बसेर काम गरेको र राज्यले प्रसूति सेवालगायत देशमा भएको जति दर्जनौँ तालिम दिन लगाएर लगानी गरेको कर्मचारीको समेत करार अवधि थप भएन । तालिम लिएका कर्मचारी अभावमा अब यी सबै सेवा हेल्थ पोष्टमा बन्द हुने भएका छन् ।

गाउँपालिकाको निर्णयबाट उत्तरी मकवानपुरदेखि दक्षिण ललितपुर आश्राङ, गिम्दी, प्युटार र ठूलादुर्लुङलगायत ठाउँबाट उपचार गर्न आउने सेवाग्राही प्रभावित हुने भएका छन् । गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर दर्लामीले कर्मचारी धेरै भएर करार थप नभएको बताए । उनले भने, ‘कर्मचारी निकालेर अरू भर्ना गर्ने भन्ने हुँदैन ।’

प्रकाशित मिति : २ श्रावण २०७९, सोमबार  १ : ३९ बजे

दाइजो प्रथा अन्त्यका लागि मधेशबाट राष्ट्रिय अभियान सञ्चालन गरिने

काठमाडौं- दाइजो प्रथा अन्त्यका लागि मधेशबाट राष्ट्रिय अभियान सुरु गरी

गण्डकी प्रदेशमा तनहुँमा मात्रै पशुको रगत परीक्षण

दमौली– भेटेरीनरी अस्पताल तथा पशु सेवा कार्यालय तनहुँले आधुनिक पशु

समस्याग्रस्त सहकारीमा मागदाबी छुट भएका बचतकर्ताले फेरि मागदाबी गर्न पाउने

काठमाडौं– समस्याग्रस्त सहकारीमा बचत भएका तर, यसअघि मागदाबी छुट भएका

शिक्षा समिति : विधि विज्ञान प्रमुखको योग्यता र कर्तव्यबारे छलफल

काठमाडौं– प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विचाराधीन ‘राष्ट्रिय

प्रधानमन्त्री शाह र चिनियाँ राजदूतबीच शिष्टाचार भेटवार्ता

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत