एसियन शारीरिक सुगठनको कास्य पदक राजुलाई « Khabarhub

 एसियन शारीरिक सुगठनको कास्य पदक राजुलाई


२ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली शारीरिक सुगठन खेलाडी राजु राईले माल्दिभ्समा आयोजना भइरहेको ५४ औं एसियन शारीरिक सुगठन तथा फिजिक स्पोर्टस्अन्तर्गत फिटनेस फिजिकमा कास्य पदक प्राप्त गरेका छन् । 

सोमबार टिम ब्यवस्थापक तथा संघका उपाध्यक्ष दिनेश राजभण्डारीले राजुले कास्य पदक प्राप्त गरेको जानकारी गराए । राजुले १७० सेमिसम्मको समूहमा तेस्रो स्थान प्राप्त गर्दै कास्य पदक हात पारेका हुन् । 

२४ राष्ट्र सहभागी सो विधामा राजुले स्पाइडर म्यान प्रदर्शन तथा फिजिकतर्फ पदक जित्न सफल भएका हुन् । यसअघि पनि नेपाली खेलाडीहरूले एसियन शारीरिक सुगठनमा पदक प्राप्त गरिसकेका छन् ।

यस्तै, सोही प्रतियोगिताका दौरान शारीरिक सुगठन खेलको विकासमा ठोस योगदान पुर्‍याएबापत विश्व शारीरिक सुगठन तथा फिजिकल फिटनेस महासंघले नेपाल शारिरीक सुगठन तथा फिजिकल फिटनेसका अध्यक्ष राजेशबाबु श्रेष्ठलाई सम्मान गरेको छ । 

प्रतियोगितामा राजुसहित सुजिता मानन्धर र उमेश राईको पनि सहभागिता थियो । सुजिताले सोमबार आफ्नो फिजिकअन्तर्गतको विधामा प्रतिस्पर्धा गर्दै छिन् । यस्तै उमेश राईले बुधबार प्रतिस्पर्धा गर्दैछन् ।

प्रतियोगितामा नेपालका तर्फबाट निर्णायकको भूमिका निर्वाह गर्न अन्तर्राष्ट्रिय निर्णायक एवं संघका वरिष्ठ उपाध्यक्ष विजयलाल कायस्थ, नानीकाजी डंगोल र लक्ष्मण महत पनि माल्दिभ्समा छन् । नेपालले २०२३ मा ५५औं एसियन शारीरिक सुगठन तथा फिजिक स्पोर्टस् आयोजना गर्ने भएको छ ।

प्रकाशित मिति : २ श्रावण २०७९, सोमबार  १ : ४२ बजे

ओलीलाई रावलको प्रश्न- नेतृत्वबारे बहस गर्नेलाई ‘अराजक’ देख्नु कुन सिद्धान्त हो ?

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र नेतृत्व

जाजरकोट पहिरोः एक जनाको मृत्यु, तीन जना बेपत्ता

कर्णाली – अविरल वर्षापछि भेरी नगरपालिका–२ जाजरकोट रिसाङमा पहिरोमा परी

नेपालमै बन्यो विद्युतीय स्कुटर ‘यात्री पीटू’ : विश्व बजारमा प्रतिस्पर्धा गर्न अर्थमन्त्रीको सुझाव

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमै बनेका विद्युतीय सवारीको

जाजरकोट पहिरो: १० घाइते, तीन जना बेपत्ता

जाजरकोट – अविरल वर्षापछि आएको पहिरोले घर तथा टहरा भत्किँदा

निजी क्षेत्रलाई विद्युत् व्यापारमा सहभागी गराउनुपर्नेमा जोड

काठमाडौँ– मुलुकमा उत्पादित बिजुलीको बजार विस्तार गर्न निजी क्षेत्रलाई यसमा