सांसद भट्टराई भन्छन्- सरकारको गैरजिम्मेवार व्यवहारका कारण जनतामा निराशा छायो « Khabarhub

सांसद भट्टराई भन्छन्- सरकारको गैरजिम्मेवार व्यवहारका कारण जनतामा निराशा छायो


२ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय सभाका सांसद खिमलाल भट्टराईले सरकारको गैरजिम्मेवार व्यवहारका कारण जनतामा निराशा छाएको बताएका छन् ।

राष्ट्रिय सभाको सोमबारको बैठकमा विशेष समयमा बोल्दै उनले सरकार विकासका मुद्दामा केन्द्रित हुन नसकेको आरोप समेत लगाए ।

‘सरकारको गैरजिम्मेवार व्यवहार, असक्षमताका कारण जनतामा निराशा र असन्तुष्टि आएको छ । यसलाई सत्तापक्षको हिसाबले सच्याउने दम राख्नुहुन्छ भने प्रतिपक्षको हिसाबले स्वागत गर्छौँ,’ उनले भने ।

धेरै ठूलो संघर्षबाट प्राप्त गरेको लोकतन्त्र, गणतन्त्र र संघियतामाथि प्रश्न उठ्न थालेकोमा उनले चिन्ता व्यक्त गरे । उनले भने, ‘जनताको आक्रोश नबढोस्, चिन्ताको विषय यो हो ।’

सरकार राजनीतिक मुद्दामा केन्द्रित हुँदा विकास निर्माण ठप्प भएको उनले बताए ।

प्रकाशित मिति : २ श्रावण २०७९, सोमबार  २ : ०३ बजे

दाइजो प्रथा अन्त्यका लागि मधेशबाट राष्ट्रिय अभियान सञ्चालन गरिने

काठमाडौं- दाइजो प्रथा अन्त्यका लागि मधेशबाट राष्ट्रिय अभियान सुरु गरी

गण्डकी प्रदेशमा तनहुँमा मात्रै पशुको रगत परीक्षण

दमौली– भेटेरीनरी अस्पताल तथा पशु सेवा कार्यालय तनहुँले आधुनिक पशु

समस्याग्रस्त सहकारीमा मागदाबी छुट भएका बचतकर्ताले फेरि मागदाबी गर्न पाउने

काठमाडौं– समस्याग्रस्त सहकारीमा बचत भएका तर, यसअघि मागदाबी छुट भएका

शिक्षा समिति : विधि विज्ञान प्रमुखको योग्यता र कर्तव्यबारे छलफल

काठमाडौं– प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विचाराधीन ‘राष्ट्रिय

प्रधानमन्त्री शाह र चिनियाँ राजदूतबीच शिष्टाचार भेटवार्ता

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत