मुक्तकमैयाको समाधानका उपाय खोज्न प्रधानमन्त्रीको निर्देशन  « Khabarhub

मुक्तकमैयाको समाधानका उपाय खोज्न प्रधानमन्त्रीको निर्देशन 


२ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले मुक्तकमैयाको समस्या पहिचान र समाधानका उपाय खोज्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएका छन्  ।

आज कमैया मुक्त घोषणाको २२ वर्ष पुगेका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले यस कुप्रथाको निर्मूल गर्न जरुरी भएकाले आवश्यक काम कारबाहीका लागि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई निर्देशन दिएका हुन् ।

हरुवाचरुवालगायत कमैया श्रमिकको मुक्तिका साथसाथै तिनका परिवारका लागि रोजगारीको अवसरको सिर्जना गरी आयआर्जन बढाउने कार्य पनि उत्तिकै आवश्यक रहेको भन्दै त्यसतर्फ ध्यान दिन सम्बन्धित सबैलाई प्रधानमन्त्रीले आग्रह गरे ।

कार्यक्रममा उनले भने, ‘मुक्तकमैयालाई आत्मनिर्भर बनाउँदै ऊनीहरूको स्वतन्त्रता, स्वाभिमान र आत्मसम्मान बढाउन तीनवटै तहका सरकार र सरोकारवाला प्रतिबद्ध हुन आवश्यक छ ।’ यस किसिमको श्रमिक परिवारको दिगो सामाजिक आर्थिक उन्नतिका लागि सीप र क्षमता विकास गर्दै उनीहरूलाई आत्मनिर्भर बनाउन र उद्यमशीलता बढाउन विशेष लक्षित कार्यक्रम प्राथमिकताका साथ सञ्चालन गर्न पनि सम्बद्ध सबै निकायलाई प्रधानमन्त्रीले निर्देशन दिए । 

कमैया प्रथा निषेध गर्नेसम्बन्धी ऐ’न विसं २०५८ मार्फत हरुवाचरुवालगायत सबै किसिमका कमैया श्रमिक परिवारको असमान श्रम सम्बन्ध र शोषणयुक्त प्रथाको अन्त्य तथा ऋण मोचन गरिसकेको पनि कार्यक्रममा प्रधानमन्त्रीले जानकारी गराए ।

सबै किसिमका शोषण, विभेद र अन्यायमुक्त नेपाल निर्माणमा सबैको निरन्तर प्रयास आवश्यक रहेको भन्दै उनले सबैप्रति आग्रह गरे । यस अवसरमा उनले सम्पूर्ण मुक्तकमैयालाई सुखी र सम्मान पूर्ण जीवनयापनको शुभकामना पनि व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २ श्रावण २०७९, सोमबार  २ : ५८ बजे

एन्फाका पूर्वाध्यक्ष कर्माछिरिङ शेर्पा पक्राउ

काठमाडौँ । अखिल नेपाल फुटबल संघ एन्फाका पूर्वाध्यक्ष कर्र्माछिरिङ शेर्पा

रास्वपाको पहिलो महाधिवेशनले उब्जाएका १० प्रश्न

काठमाडौं । छ दिनसम्म लगाएर राष्ट्रिय स्वतन्त्र पार्टीले पहिलो महाधिवेशन

युरोपमा किन बढ्यो गर्मी, अस्तव्यस्त जनजीवन

काठमाडौँ । युरोपमा दिनप्रतिदिन भीषण गर्मीले रेकर्ड तोडिरहेको छ। अत्यधिक

महाधिवेशनसँगै नयाँ र पुरानोको द्वन्द्व सकियो, गुट र उपगुट पनि अन्त्य भयो : रवि लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित सभापति रवि लामिछानेले

अदालतका समाचार तथ्यपरक र सन्तुलित हुनुपर्छ: प्रधानन्यायाधीश शर्मा

काठमाडौँ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले न्यायिक विषयवस्तुसम्बन्धी