मुक्तकमैयाको समाधानका उपाय खोज्न प्रधानमन्त्रीको निर्देशन  | Khabarhub Khabarhub

मुक्तकमैयाको समाधानका उपाय खोज्न प्रधानमन्त्रीको निर्देशन 


२ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले मुक्तकमैयाको समस्या पहिचान र समाधानका उपाय खोज्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएका छन्  ।

आज कमैया मुक्त घोषणाको २२ वर्ष पुगेका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले यस कुप्रथाको निर्मूल गर्न जरुरी भएकाले आवश्यक काम कारबाहीका लागि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई निर्देशन दिएका हुन् ।

हरुवाचरुवालगायत कमैया श्रमिकको मुक्तिका साथसाथै तिनका परिवारका लागि रोजगारीको अवसरको सिर्जना गरी आयआर्जन बढाउने कार्य पनि उत्तिकै आवश्यक रहेको भन्दै त्यसतर्फ ध्यान दिन सम्बन्धित सबैलाई प्रधानमन्त्रीले आग्रह गरे ।

कार्यक्रममा उनले भने, ‘मुक्तकमैयालाई आत्मनिर्भर बनाउँदै ऊनीहरूको स्वतन्त्रता, स्वाभिमान र आत्मसम्मान बढाउन तीनवटै तहका सरकार र सरोकारवाला प्रतिबद्ध हुन आवश्यक छ ।’ यस किसिमको श्रमिक परिवारको दिगो सामाजिक आर्थिक उन्नतिका लागि सीप र क्षमता विकास गर्दै उनीहरूलाई आत्मनिर्भर बनाउन र उद्यमशीलता बढाउन विशेष लक्षित कार्यक्रम प्राथमिकताका साथ सञ्चालन गर्न पनि सम्बद्ध सबै निकायलाई प्रधानमन्त्रीले निर्देशन दिए । 

कमैया प्रथा निषेध गर्नेसम्बन्धी ऐ’न विसं २०५८ मार्फत हरुवाचरुवालगायत सबै किसिमका कमैया श्रमिक परिवारको असमान श्रम सम्बन्ध र शोषणयुक्त प्रथाको अन्त्य तथा ऋण मोचन गरिसकेको पनि कार्यक्रममा प्रधानमन्त्रीले जानकारी गराए ।

सबै किसिमका शोषण, विभेद र अन्यायमुक्त नेपाल निर्माणमा सबैको निरन्तर प्रयास आवश्यक रहेको भन्दै उनले सबैप्रति आग्रह गरे । यस अवसरमा उनले सम्पूर्ण मुक्तकमैयालाई सुखी र सम्मान पूर्ण जीवनयापनको शुभकामना पनि व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २ श्रावण २०७९, सोमबार  २ : ५८ बजे

गैँडाको आक्रमणबाट एक जना घाइते

हेटौँडा– मकवानपुरको मनहरी गाउँपालिका–६ खयरघारी मरुङगेमा गैँडाको आक्रमणबाट एक जना

आजका समाचार : ट्रम्प–जेलेन्स्कीको बहसले विश्वमा तरङ्ग, खानेपानीमन्त्री भारततिर र देशका विभिन्न ठाउँमा हिमपात

राष्ट्र निर्माणको महाअभियानमा जुट्न राष्ट्रपतिको अपिलराष्ट्रपति रामचन्द्र पौडेलले केही भएन

मछिन्द्र क्लब केपी ओली कपको फाइनलमा

काठमाडौं– मछिन्द्र क्लब केपी ओली कपको फाइनलमा पुगेको छ ।

विपन्न परिवारका लागि पाकिस्तान सरकारको सहायता योजना

इस्लामावाद– पाकिस्तानी प्रधानमन्त्री शेहबाज शरीफले शनिबारबाट सुरु हुने रमजान पर्व

संशोधनका नाममा संविधान उल्टाउने खेल भइरहेको अध्यक्ष प्रचण्डको आरोप

सिरहा– नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल