‘श्रीलंका सटडाउन हुन्छ’ « Khabarhub

‘श्रीलंका सटडाउन हुन्छ’


२ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कोलम्बो- श्रीलंकाको केन्द्रीय बैंकका गभर्नर नन्दलाल विरासिंघेले छिट्टै स्थिर सरकार गठन नभए देश ‘सटडाउन’ हुन सक्ने चेतावनी दिएका छन् । उनले भने, ‘अत्यावश्यक पेट्रोलियम पदार्थका लागि पर्याप्त विदेशी मुद्रा पाउन सकिन्छ कि सकिँदैन भन्नेमा धेरै अनिश्चितता छ ।’

उनले अगाडि थपे, ‘अन्तर्राष्ट्रिय बेल आउट प्याकेज प्राप्त गर्ने प्रगति स्थिर प्रशासनमा भर पर्छ । आर्थिक संकटलाई लिएर सर्वसाधारणको प्रदर्शन जारी छ । राष्ट्रपति गोटाबाय राजापाक्षे विदेश भागेका छन् र कार्यवाहक राष्ट्रपति रनिल विक्रमासिंघेले देशका विभिन्न स्थानमा कर्फ्यु लगाएका छन् ।

श्रीलंकाली अर्थतन्त्र ध्वस्त भएको छ  । खाद्यान्न, इन्धन र अन्य आधारभूत आपूर्तिहरूको मूल्य सामान्य मानिसहरूको लागि छोइ नसक्नु भएको छ ।

धेरैले राजपाक्षे प्रशासनलाई संकटको कुप्रबन्ध गरेको आरोप लगाउँछन् र मेमा प्रधानमन्त्री बनेका श्री विक्रमासिंघेलाई समस्याको एउटा अंशको रूपमा लिएका छन् ।

अप्रिलमा मात्र केन्द्रीय बैंकको गभर्नरको रूपमा पदभार ग्रहण गरेका नन्दलाल विरासिंघेले स्थिर प्रशासन बिना आवश्यक वस्तुहरू कसरी उपलब्ध गराउने भन्ने बारे अगाडिको बाटो नदेखेको बताए ।

‘हामीले यो महिनाको अन्त्यसम्म डिजेलको कम्तीमा तीन ढुवानी र केही एक वा दुई वटा पेट्रोल ढुवानीका लागि रकम बुझाउन सक्छौँ । तर, त्यसपछि हामी पर्याप्त विदेशी मुद्रा उपलब्ध गराउन सक्षम हुनेछौँ कि छैन भन्नेमा धेरै अनिश्चितता छ,’ उनले थपे ।

प्रकाशित मिति : २ श्रावण २०७९, सोमबार  ३ : ०२ बजे

सेफ्टी ट्याङ्की सफा गर्ने क्रममा तीन जनाको मृत्यु

नेपालगन्ज– बाँकेको कोहलपुरमा सेफ्टीटयाङ्की सफा गर्ने क्रममा तीन जनाको मृत्यु भएको

मन्त्रिपरिषद् बैठक ३ बजे बस्दै

काठमाडौं– नेपाल सरकार मन्त्रिपरिषद् बैठक आज बस्ने भएको छ ।

दुधमति खोलाको पुल निर्माणमा भएको ढिलाइले स्थानीयवासी लाई सास्ती

जनकपुरधाम– दुधमति खोलाको पुल निर्माणमा भएको ढिलाइले स्थानीयवासी लाई सास्ती पुगेको

कांग्रेस वरिष्ठ नेता श्रेष्ठको निधनमा शोक प्रस्ताव पारित

काठमाडौं– नेपाली कांग्रेसले वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधनप्रति शोक प्रस्ताव

लघुवित्त पीडित आज पनि धर्नामा (तस्बिरहरू)

काठमाडौं– लघुवित्त पीडितहरूले आज बुधबार दोस्रो दिन पनि काठमाडौंको माइतीघरमा