माटोलाई समयमै जोगाउन अभियन्ताकाे आग्रह « Khabarhub

माटोलाई समयमै जोगाउन अभियन्ताकाे आग्रह


२ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- माटो बचाऔँ अभियानले माटो जोगाउन आह्वान गरेको छ । भक्तपुरको एभरेष्ट इंग्लिस स्कुल मिवाछें व्यासी भक्तपुरमा आइतबार सार्वजनिक कार्यक्रममा अभियन्ताहरूले माटो भगवान् भएको र यसलाई जोगाउनु आवश्यक भएको बताए ।

माटो बचाऔँ अभियानमा देश दौदाहामा हिँडेका अभियन्ताहरू आइतबार भक्तपुर पुगेका थिए । कार्यक्रममा स्कुलका एक हजारभन्दा बढी विद्यार्थीका साथै शिक्षक, अभिभावक तथा सर्वसाधारणको उपस्थिति थियो ।

अभियन्ता यमबहादुर चोचांगी पुनले माटो बचाउन आह्वान गरे । उनले माटो बचाउन ढिला भइसकेकाले आजैबाट सुरु गर्न अनुरोध गरे । पुनले माटोलाई जोगाउनुपर्ने आवश्यकताबारे औँल्याए । हरेक सेकेण्ड करिब आठ रोपनी अर्थात् ३२ कठा खेतीजन्य माटो मरुभूमिमा परिणत भएको भन्दै यो चिन्ताको विषय भएको उनले सुनाए ।

संयुक्त राष्टसंघको मरुभूमीकरण र खडेरीविरुद्ध संघर्ष अधिवेशन संस्था (यूएनसीसीडी) को प्रतिवेदन उद्धृत गर्दै उनले हरेक सेकेण्ड यति धेरै माटो नष्ट हुनु गम्भीर विषय भएको बताए ।

पुनले काठमाडौँबाट ३५ दिन अगाडिबाट माटो जोगाऔँ अभियानका साथ पैदल यात्रा सुरु गरेको जानकारी दिए । उनको यात्रा पूर्वी जिल्लाहरू सकेर शनिबार भक्तपुर पुगेको र आइतबार कार्यक्रम गरेको जनाए ।

कार्यक्रममा एभरेष्ट इंग्लिस स्कुलका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारीले माटो जोगाऔँ अभियानसँगै माटो कसरी जोगाउने भन्ने ज्ञान पनि दिनु आवश्यक भएको सुझाए । उनले आफूलाई जानकारी भए अनुसार रुख रोपेर, रासायनिक मलको प्रयोग गरी कम्पोष्ट मलको प्रयोग गरेर आदि इत्यादि गरेर माटो जोगाउने सकिने जनाए ।

प्रकाशित मिति : २ श्रावण २०७९, सोमबार  ३ : ४२ बजे

रसुवा बाढी : ४४९ जनाको उद्धार, १७ विदेशी नागरिक पनि सुरक्षित स्थानमा

काठमाडौं– रसुवामा आएको विनाशकारी बाढीपछि नेपाली सेनाले सञ्चालन गरेको खोज

हाम्रा मान्छे कहाँ छन् ? अब कहाँ जाने ? (तस्बिरहरू)

काठमाडौं– भोटेकोसीमा आएको विनाशकारी बाढीले घरबारविहीन बनेपछि रसुवा र नुवाकोटका

यी हुन् मन्त्रिपरिषद्‌का मुख्य तीन निर्णय  

काठमाडौं– मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ ।

सरकार भन्छ : ३ हजार २५३ जनाको सकुशल उद्धार भयो

काठमाडौं– नेपाल सरकारले बाढीमा परेका ३ हजार २५३ जनाको सकुशल

प्रधानमन्त्री र मन्त्रीहरूले एक महिनाको तलब दैवी प्रकोप कोषमा जम्मा गर्ने

काठमाडौं- प्रधानमन्त्री र मन्त्रीहरूले एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवीप्रकोप उद्धार