माटोलाई समयमै जोगाउन अभियन्ताकाे आग्रह « Khabarhub

माटोलाई समयमै जोगाउन अभियन्ताकाे आग्रह


२ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- माटो बचाऔँ अभियानले माटो जोगाउन आह्वान गरेको छ । भक्तपुरको एभरेष्ट इंग्लिस स्कुल मिवाछें व्यासी भक्तपुरमा आइतबार सार्वजनिक कार्यक्रममा अभियन्ताहरूले माटो भगवान् भएको र यसलाई जोगाउनु आवश्यक भएको बताए ।

माटो बचाऔँ अभियानमा देश दौदाहामा हिँडेका अभियन्ताहरू आइतबार भक्तपुर पुगेका थिए । कार्यक्रममा स्कुलका एक हजारभन्दा बढी विद्यार्थीका साथै शिक्षक, अभिभावक तथा सर्वसाधारणको उपस्थिति थियो ।

अभियन्ता यमबहादुर चोचांगी पुनले माटो बचाउन आह्वान गरे । उनले माटो बचाउन ढिला भइसकेकाले आजैबाट सुरु गर्न अनुरोध गरे । पुनले माटोलाई जोगाउनुपर्ने आवश्यकताबारे औँल्याए । हरेक सेकेण्ड करिब आठ रोपनी अर्थात् ३२ कठा खेतीजन्य माटो मरुभूमिमा परिणत भएको भन्दै यो चिन्ताको विषय भएको उनले सुनाए ।

संयुक्त राष्टसंघको मरुभूमीकरण र खडेरीविरुद्ध संघर्ष अधिवेशन संस्था (यूएनसीसीडी) को प्रतिवेदन उद्धृत गर्दै उनले हरेक सेकेण्ड यति धेरै माटो नष्ट हुनु गम्भीर विषय भएको बताए ।

पुनले काठमाडौँबाट ३५ दिन अगाडिबाट माटो जोगाऔँ अभियानका साथ पैदल यात्रा सुरु गरेको जानकारी दिए । उनको यात्रा पूर्वी जिल्लाहरू सकेर शनिबार भक्तपुर पुगेको र आइतबार कार्यक्रम गरेको जनाए ।

कार्यक्रममा एभरेष्ट इंग्लिस स्कुलका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारीले माटो जोगाऔँ अभियानसँगै माटो कसरी जोगाउने भन्ने ज्ञान पनि दिनु आवश्यक भएको सुझाए । उनले आफूलाई जानकारी भए अनुसार रुख रोपेर, रासायनिक मलको प्रयोग गरी कम्पोष्ट मलको प्रयोग गरेर आदि इत्यादि गरेर माटो जोगाउने सकिने जनाए ।

प्रकाशित मिति : २ श्रावण २०७९, सोमबार  ३ : ४२ बजे

‘देउवाले विधान पढ्नुभएको छैन भन्ने लाग्दैन, विशेष महाधिवेशनको विकल्प छैन’ (अन्तर्वार्ता)

जेन–जी आन्दोलनको मेन्डेटमा बनेको सरकारले फाल्गुन २१ गते निर्वाचनको मिति

निकोलस भुसालसँग वार्ता गर्न सरकारद्धारा वार्ता टोली गठन

काठमाडौं – सरकारले अनसनरत डा निकोलस भुसालसँग वार्ता गर्न टोली

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार बस्ने

एनभिए भलिबलः रुकुम पश्चिम सेमिफाइनलमा

काठमाडौं – राजधानीमा जारी नवौँ एनभिए भलिबल च्याम्पियनसिपअन्तर्गत आज भएको

दोधारा चाँदनीमा बाघको डमरु मृत फेला

कञ्चनपुर – शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र दोधारा चाँदनीमा बाघको