कालो धनलाई सेतो बनाउन गभर्नरमाथि हमला : प्रदीप ज्ञवाली « Khabarhub

कालो धनलाई सेतो बनाउन गभर्नरमाथि हमला : प्रदीप ज्ञवाली


२ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले राज्य डरलाग्दो गरी बिचौलियाको नियन्त्रणमा जान थालेको आरोप लगाएका छन्।

काठमाडौँमा नेकपा एमालेको उपभोक्ता हित संरक्षण तथा सुशासन विभागले आयोजना गरेको कार्यक्रममा ज्ञवालीले राजनीतिक गठबन्धनको आवरणमा खतरनाक वित्तीय गठबन्धन भइरहेको र यसले मुलुकलाई डरलाग्दो अवस्थामा पुर्‍याएको बताए।

उनले वर्तमान सरकारको एक वर्ष देशको बबार्दीको वर्ष भएको तर्क गरे। सरकारले भ्रष्टाचार, कालाबजारीया र कमिसन तन्त्रलाई संरक्षण गरिरहेको उनको भनाइ छ । त्यस्तै ज्ञवालीले कालो धनलाई सेतो बनाउने प्रयासहरू नै गभर्नरमाथिको हमला भएको टिप्पणी गरे ।

गभर्नरलाई हटाउने यसअघिको प्रयास सफल नभएपछि अहिले विवाद निकाल्ने काम भएको उनको भनाइ छ । उनले सरकारकै कारण अहिले सबैभन्दा ठूलो समस्या उपभोक्तालाई परिरहेको बताए।

उनले अहिले मुलुकको प्रमुख आर्थिक सूचकहरू हेर्दा मुलुक अझै अप्ठेरोमा जाने देखिएको धारणा राखे।

प्रकाशित मिति : २ श्रावण २०७९, सोमबार  ३ : १९ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले