अख्तियारद्वारा १ वर्षमा १३१ वटा भ्रष्टाचार मुद्दा दायर, २ अर्ब ७८ करोड ४३ लाखभन्दा बढी बिगो दाबी « Khabarhub

अख्तियारद्वारा १ वर्षमा १३१ वटा भ्रष्टाचार मुद्दा दायर, २ अर्ब ७८ करोड ४३ लाखभन्दा बढी बिगो दाबी


२ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०७८/७९ मा १३१ वटा भ्रष्टाचार सम्बन्धी मुद्दा विशेष अदालत काठमाडौँमा दायर गरेको छ ।

अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारीका अनुसार दायर गरिएका मुद्दामा घुस (रिसवत) सम्बन्धी ३२, नक्कली शैक्षिक प्रमाण–पत्र सम्बन्धी ६, सार्वजनिक सम्पत्तिको हानि नोक्सानी सम्बन्धी ३५, गैर कानूनी लाभ हानी सम्बन्धी ३४, राजस्व हिनामिना सम्बन्धी ५, गैरकानूनी सम्पत्ति आर्जन सम्बन्धी ७ र अन्य विषयसँग सम्बन्धित १२ वटा रहेका छन् ।

‘आर्थिक वर्ष २०७८/७९ मा दायर भएका १३१ वटा मुद्दामा प्रतिवादीको संख्या ६३९ रहेको छ, जसमध्ये विशिष्ट श्रेणीका राष्ट्रसेवक कर्मचारी तीन जना, अन्य राष्ट्रसेवक कर्मचारी ३०८ जना, बिचौलिया/मतियार लगायत अन्य १७२ जना, भूतपूर्व मन्त्री एक जना र निर्वाचित/मनोनीत पदाधिकारीहरु १५५ जना रहेका छन्,’ प्रवक्ता भण्डारीले जानकारी दिए ।

गत आर्थिक वर्ष दायर गरिएका मुद्दाका प्रतिवादीहरूसँग २ अर्ब ७८ करोड ४३ लाख ३२ हजार ७१० रुपैयाँ बिगो माग दाबी गरिएको छ ।

गत आर्थिक वर्ष अदालतबाट भएका १४८ फैसलामध्ये ५८ वटा (३९.१९ प्रतिशत) मुद्दामा भ्रष्टाचारजन्य कसुर कायम भएको छ ।

अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा अदालतबाट भएका मुद्दाको फैसला ११३ रहेको र भ्रष्टाचारजन्य कसुर कायम भएको मुद्दाको संख्या ८१ (७१.६८ प्रतिशत) रहेको थियो ।

प्रकाशित मिति : २ श्रावण २०७९, सोमबार  ४ : ५० बजे

इराकविरुद्ध सेनेगल ५–० गोलले विजयी, नकआउट चरणको सम्भावना जीवितै

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह चरणको अन्तिम खेलमा

डेम्बेलेको ह्याट्रिकसँगै फ्रान्स समूह ‘आई’ को विजेता, नर्वे ४–१ गोलले पराजित

काठमाडौँ– फिफा विश्वकप फुटबलमा समूह आई को फ्रान्सले नर्वेमाथि सानदार

आज २०८३ साल असार १३ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असार १३ गते शनिबार सन् २०२६

एन्फाका पूर्वाध्यक्ष कर्माछिरिङ शेर्पा पक्राउ

काठमाडौँ । अखिल नेपाल फुटबल संघ एन्फाका पूर्वाध्यक्ष कर्र्माछिरिङ शेर्पा

रास्वपाको पहिलो महाधिवेशनले उब्जाएका १० प्रश्न

काठमाडौं । छ दिनसम्म लगाएर राष्ट्रिय स्वतन्त्र पार्टीले पहिलो महाधिवेशन