‘संवैधानिक परिषद्सम्बन्धी विधेयकका विषयमा चर्चा गर्न आवश्यक छैन’ « Khabarhub

‘संवैधानिक परिषद्सम्बन्धी विधेयकका विषयमा चर्चा गर्न आवश्यक छैन’


२ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सभामुख अग्निप्रसाद सापकोटाले संवैधानिक परिषद्सम्बन्धी विधेयकका विषयमा चर्चा गर्न आवश्यक नभएको बताएका छन् । 

सोमबार सिंहदरबारमा पत्रकारहरूसँग कुरा गर्दै सभामुख सापकोटाले संवैधानिक परिषद्सम्बन्धी विधेयक अर्को सभामा दर्ता भएकाले विधेयकबारे चर्चा गर्नु मनासिब नभएको बताएका हुन् । उनले विभिन्न संसदीय समितिका सभापति पद रिक्त रहेका सम्बन्धमा आफ्नो ध्यानाकर्षण भएको र प्रधानमन्त्रीका साथै पार्टीका नेताहरूसँग छलफल गरिरहेको बताए ।

उनले ढिलै भए पनि उपसभामुखको निर्वाचन भएसँगै संसद्को काम अझ प्रभावकारी ढंगबाट अगाडि बढ्ने उनले बताए । सभामुख सापकोटाले अहिले नागरिकता, संघीय निजामती विधेयकलाई अघि बढाउन ध्यान केन्द्रित गरेको र अरु महत्वपूर्ण विधेयक अघि बढाउन पहल भइरहेको जानकारी दिए । सभामुख सापकोटाले सङ्घीय सरकारका मन्त्री हेरफेरका कारण संसद् सचिवालयमा दर्ता भएका विधेयकमाथिकाे छलफल अगाडि बढाउन समस्या भएको बताए ।

उनले चालु अधिवेशनबाट १५ विधेयक पारित भएको र पाँच समितिका साथै विभिन्न संवैधानिक आयोगका प्रतिवेदन संसद्मा पेश भएको जानकारी दिए । 

प्रकाशित मिति : २ श्रावण २०७९, सोमबार  ५ : ०४ बजे

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने