सवारी आवागमनलाई व्यवस्थित गर्न २४ घण्टा नै जनशक्ति परिचालन « Khabarhub

सवारी आवागमनलाई व्यवस्थित गर्न २४ घण्टा नै जनशक्ति परिचालन


२ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी आवागमनलाई सुरक्षित, मर्यादित र व्यवस्थित गर्न २२ स्थानमा २४ घण्टा नै जनशक्ति परिचालन गरिएको जनाएको छ ।

कार्यालयले सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै काठमाडौँका विभिन्न ४० स्थानमा समेत चेकिङको व्यवस्था मिलाएको समेत जनाएको छ । त्यस्तै अन्य आवश्यक स्थानमा चेक प्वाइन्ट राखेर सवारी चेकिङ तथा अनुगमन बढाउन लागिएको महानगरीय ट्राफिक प्रहरी कार्यालयकी प्रमुख डीआइजी मीरा चौधरीले जानकारी दिइन्। लेन अनुशासन, नो हर्न लगायतका ट्राफिक नियमलाई बनाउने उनले बताइन् ।

त्यस्तै काठमाडौँको बढी सवारी चाप हुने स्थानमा सहज रूपमा आवागमनको व्यवस्था मिलाउनका पनि काम सुरु गरिसकेको उनको भनाइ छ । उनले पार्किङ स्थलको समस्या समाधानका लागि अन्य सरोकारवाला पक्षसँग छलफल गरिरहेको जानकारी दिए। ट्राफिक लाइटको बिस्तारका साथै लेन सुधार लगायतका विषयमा आफ्नो ध्यान केन्द्रित रहेको उनको छ ।

सवारी व्यवस्थापनका साथै ट्राफिकको व्यवहार सुधारका लागि दैनिक ४० जना ट्राफिक प्रहरीलाई आचरण व्यवहार र अनुशासनको प्रशिक्षण दिइरहेको ट्राफिक कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २ श्रावण २०७९, सोमबार  ५ : ४४ बजे

परीक्षा प्रणालीमा सुधारको माग गर्दै झारखण्डमा विद्यार्थी आन्दोलन

नयाँदिल्ली-भारतको झारखण्डमा सरकारी रोजगारीका लागि सञ्चालन हुने परीक्षामा अनियमितता भएको

फिल्म क्षेत्रमा कति धेरै गतिविधि !

काठमाडौं – प्रदर्शनरत फिल्म ‘गौँथली’ले बक्स अफिसमा २० करोडको आँकडा

उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षणपछि दक्षिण कोरिया–अमेरिका संयुक्त अभ्यास गर्दै

एजेन्सी– उत्तर कोरियाले संयुक्त राष्ट्रसङ्घको प्रतिबन्ध उल्लङ्घन गर्दै ब्यालिस्टिक क्षेप्यास्त्र

नेपालको विशेष सेवा ऐनको साविकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक पारित

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकले नेपालको विशेष सेवा ऐन, २०४२ को

हिमाली क्षेत्रमा नवीकरणीय ऊर्जा प्रविधिको विस्तारमा जोड

काठमाडौं– देशका उच्च हिमाली क्षेत्रमा जलवायुमा आएको परिवर्तन, आधुनिक जीवनशैली,