सवारी आवागमनलाई व्यवस्थित गर्न २४ घण्टा नै जनशक्ति परिचालन | Khabarhub Khabarhub

सवारी आवागमनलाई व्यवस्थित गर्न २४ घण्टा नै जनशक्ति परिचालन


२ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी आवागमनलाई सुरक्षित, मर्यादित र व्यवस्थित गर्न २२ स्थानमा २४ घण्टा नै जनशक्ति परिचालन गरिएको जनाएको छ ।

कार्यालयले सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै काठमाडौँका विभिन्न ४० स्थानमा समेत चेकिङको व्यवस्था मिलाएको समेत जनाएको छ । त्यस्तै अन्य आवश्यक स्थानमा चेक प्वाइन्ट राखेर सवारी चेकिङ तथा अनुगमन बढाउन लागिएको महानगरीय ट्राफिक प्रहरी कार्यालयकी प्रमुख डीआइजी मीरा चौधरीले जानकारी दिइन्। लेन अनुशासन, नो हर्न लगायतका ट्राफिक नियमलाई बनाउने उनले बताइन् ।

त्यस्तै काठमाडौँको बढी सवारी चाप हुने स्थानमा सहज रूपमा आवागमनको व्यवस्था मिलाउनका पनि काम सुरु गरिसकेको उनको भनाइ छ । उनले पार्किङ स्थलको समस्या समाधानका लागि अन्य सरोकारवाला पक्षसँग छलफल गरिरहेको जानकारी दिए। ट्राफिक लाइटको बिस्तारका साथै लेन सुधार लगायतका विषयमा आफ्नो ध्यान केन्द्रित रहेको उनको छ ।

सवारी व्यवस्थापनका साथै ट्राफिकको व्यवहार सुधारका लागि दैनिक ४० जना ट्राफिक प्रहरीलाई आचरण व्यवहार र अनुशासनको प्रशिक्षण दिइरहेको ट्राफिक कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २ श्रावण २०७९, सोमबार  ५ : ४४ बजे

‘विद्युत् खपत बढेका कारण ‘ट्रिपिङ’ हुने समस्या छ’

अत्तरिया– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले हाल ‘लोडसेडिङ’ अवस्था

कचनकवलमा करेन्ट लागेर एक जनाको मृत्यु

भद्रपुर– यहाँको कचनकवल गाउँपालिका– ७ स्थित सीतागढी टोलमा सिँचाइको मोटरमा

हायू परिवारलाई आफन्तको जिम्मा लगाइयो

गण्डकी– सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ छेत्पाबाट सम्पर्कविहीन भइ कास्कीको पोखरा महानगरपालिका–

बागमतीका खानेपानीमन्त्री खड्काले दिए राजीनामा

काठमाडौं– बागमती प्रदेशका खानेपानी तथा ऊर्जा सिँचाइमन्त्री श्यामबहादुर खड्काले राजीनामा

मधेसमा पानीको हाहाकार, टोलटोलमा ट्यांकरबाट बाँडिदै (तस्बिरहरू)

काठमाडौं– मधेस प्रदेश अहिले सुक्खाले ग्रस्त छ । वर्षा नहुँदा