होटेल र संघ संस्थाका शौचालय सार्वजनिक बनाउन पोखरा महानगरको आह्वान « Khabarhub

होटेल र संघ संस्थाका शौचालय सार्वजनिक बनाउन पोखरा महानगरको आह्वान


२ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा- पोखरा महानगरपालिकाले पनि काठमाडौँ महानगरमा जस्तै होटेल, रेष्टुरेण्ट तथा विभिन्न संघ संस्थाका शौचालयलाई सार्वजनिक रूपमा प्रयोग गर्न मिल्ने गरी खुला गर्न आह्वान गरेको छ ।

मुख्य सहरी क्षेत्रमा सार्वजनिक शौचालय नहुँदा र शौचालय निर्माणका लागि जग्गा पनि नहुँदा सर्वसाधारणलाई असहजता भएको छ । त्यसैले मुख्य सहर र सडकमा रहेका व्यक्ति, बैंक, वित्तीय संस्था, होटेल, रेष्टुरेण्टलगायत संस्थाका व्यावसायिक, गैरव्यवसायिक र पेसागत संस्था तथा कम्पनीका शौचालय महानगरले सर्वसाधारणका लागि खुला गर्ने तयारी गरेको छ । त्यसका लागि आवश्यक सफाइ र स्यानिटरी सामग्रीमा महानगरले सहयोग गर्ने, विशेष लोगो र पहिचानयुक्त संकेत राख्ने छ ।

यसअघि महानगरको कार्यपालिका बैठकबाटै उक्त निर्णय भएको थियो । इच्छुक संस्थाले साउन मसान्तभित्र आफ्नो विवरण पेस गर्नुपर्ने छ । सहयोग गर्ने संस्था वा कम्पनीको विवरण वेभ साइटमा राख्ने, महानगरबाट उपलब्ध सेवा सुविधामा प्राथमिकता दिने मेयर धनराज आचार्यले बताए । योसँगै चालू आर्थिक वर्षदेखि महानगरले सार्वजनिक शौचालय निर्माणमा विशेष चासो दिएको छ ।

प्रकाशित मिति : २ श्रावण २०७९, सोमबार  ७ : २१ बजे

यी भूभागमा वर्षाको सम्भावना, कोशी प्रदेशमा ठूलो पानी पर्नसक्ने

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इराकविरुद्ध सेनेगल ५–० गोलले विजयी, नकआउट चरणको सम्भावना जीवितै

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह चरणको अन्तिम खेलमा

डेम्बेलेको ह्याट्रिकसँगै फ्रान्स समूह ‘आई’ को विजेता, नर्वे ४–१ गोलले पराजित

काठमाडौँ– फिफा विश्वकप फुटबलमा समूह आई को फ्रान्सले नर्वेमाथि सानदार

आज २०८३ साल असार १३ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असार १३ गते शनिबार सन् २०२६

एन्फाका पूर्वाध्यक्ष कर्माछिरिङ शेर्पा पक्राउ

काठमाडौँ । अखिल नेपाल फुटबल संघ एन्फाका पूर्वाध्यक्ष कर्र्माछिरिङ शेर्पा