राज्यले हामीसँगको तीन बुँदे सहमति कार्यान्वयन गरेन : विप्लव « Khabarhub

राज्यले हामीसँगको तीन बुँदे सहमति कार्यान्वयन गरेन : विप्लव


२ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले आफूसँग  भएको सहमति कार्यान्वयन गर्न राज्यले इमान्दारीता नदेखाएको बताएका छन्।

सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रममा विप्लवले राज्यले आफूहरूसँग तीन बुँदे सहमति गरे पनि इमानदारिताका साथ कार्यान्वयन नगरेको बताएका हुन्।

उनले अहिले पनि ४० जनाभन्दा बढी आफ्ना कार्यकर्ता जेलमा राखेर राज्यले षडयन्त्र गरेको जिकिर गरे। अहिले राज्यमा बसेर स्वार्थका आधारमा काम गर्ने विरुद्ध लड्ने बेला आएको उनको भनाइ छ । विप्लवले देशको ढुकुटी डुबाउने, देशको अर्थतन्त्र तहस नहस बनाउने काम भएको र जनताको आवाज नसुन्ने प्रवृत्ति हाबी भएको जिकिर गरे। उनले दलाल पूजिँबादका जराहरू फाल्न अन्तिम लडाई हुने तर्क गरे।

उनले मुलुकमा आर्थिक क्षेत्रमा ठूलो संकट देखा परेको धारणा पनि राखे।

प्रकाशित मिति : २ श्रावण २०७९, सोमबार  ६ : ३३ बजे

गोकर्णेश्वरमा पितृभक्तको घुइँचो

काठमाडौं– काठमाडौँ उपत्यकाको प्रर्वोत्तर भागमा अवस्थित गोकर्णेश्वर महादेव मन्दिर वरपर

जलविद्युत् आयोजनाले बढायो वनको राजस्व

म्याग्दी– जलविद्युत् तथा प्रसारण लाइन आयोजनाले सरकारी वन क्षेत्र प्रयोग

पौवादुङमामा ‘गाईभैँसी पकेट विकास कार्यक्रम’

भोजपुर– पशुपालनमार्फत किसानलाई आत्मनिर्भरसँगै आयआर्जनमा जोड्ने उद्देश्यका साथ भोजपुरको पौवादुङमा

पाठ्यक्रम परिमार्जन : पाठ्यभार घटाउनदेखि एआई समेट्नेसम्मका सुझाव

भक्तपुर–  ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६’ परिमार्जनका लागि सातै प्रदेशमा आयोजित

वैदेशिक लगानीकर्ताको आकर्षण सूचना प्रविधिका परियोजनामा

काठमाडौं- पछिल्लो समय सूचना प्रविधि (आईटी) का परियोजनामा वैदेशिक लगानीकर्ताको