राज्यले हामीसँगको तीन बुँदे सहमति कार्यान्वयन गरेन : विप्लव « Khabarhub

राज्यले हामीसँगको तीन बुँदे सहमति कार्यान्वयन गरेन : विप्लव


२ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले आफूसँग  भएको सहमति कार्यान्वयन गर्न राज्यले इमान्दारीता नदेखाएको बताएका छन्।

सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रममा विप्लवले राज्यले आफूहरूसँग तीन बुँदे सहमति गरे पनि इमानदारिताका साथ कार्यान्वयन नगरेको बताएका हुन्।

उनले अहिले पनि ४० जनाभन्दा बढी आफ्ना कार्यकर्ता जेलमा राखेर राज्यले षडयन्त्र गरेको जिकिर गरे। अहिले राज्यमा बसेर स्वार्थका आधारमा काम गर्ने विरुद्ध लड्ने बेला आएको उनको भनाइ छ । विप्लवले देशको ढुकुटी डुबाउने, देशको अर्थतन्त्र तहस नहस बनाउने काम भएको र जनताको आवाज नसुन्ने प्रवृत्ति हाबी भएको जिकिर गरे। उनले दलाल पूजिँबादका जराहरू फाल्न अन्तिम लडाई हुने तर्क गरे।

उनले मुलुकमा आर्थिक क्षेत्रमा ठूलो संकट देखा परेको धारणा पनि राखे।

प्रकाशित मिति : २ श्रावण २०७९, सोमबार  ६ : ३३ बजे

सिंहदरबार जलेको फोटो राख्दै शंकर पोखरेल लेख्छन्– यो विध्वंसका योजनाकारलाई बिर्सने छैनौं

काठमाडौं – नेकपा (एमाले) महासचिव शंकर पोखरेलले सिंहदरबार जलेको तस्बिर

सामूहिक अलैँची खेतीबाट एउटै टोलको आम्दानी एक करोड १७ लाख

काठमाडौं – संखुवासभाको एउटै गाउँका किसानले अलैँची खेतीबाट एक करोड

प्राध्यापकको कटाक्ष- ‘लोकसेवा फेल र दलका कार्यकर्ताले पाठ्यपुस्तक लेख्दा नेपाली भाषा ध्वस्त’

नेपाली भाषाको शुद्धताको बारेमा लामो समयदेखि विवाद हुँदै आएको छ।

डुबेर तीन वर्षीय बालकको निधन

झापा – झापा गाउँपालिका–२ सडकबारीमा खेल्ने क्रममा पानी जमेको खाल्डोमा