भारतले अफगानिस्तानलाई थप २५ सय मेट्रिक टन गहुँ पठायो « Khabarhub

भारतले अफगानिस्तानलाई थप २५ सय मेट्रिक टन गहुँ पठायो


२ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतले अफगानिस्तानतर्फ थप २५ सय मेट्रिक टन गहुँ पठाएको छ । मानवीय सहायता कार्यक्रमअन्तर्गत भारतले पाकिस्तानसँग जोडिएको अटारी वागा सीमाबाट अफगानिस्तानतर्फ २५ सय मेट्रिक टन गहुँ पठाएको हो ।

उक्त सीमा नाकामा रहेको भन्सार कार्यालयका सह आयुक्त बलबिर मङ्गतका अनुसार हालसम्म भारतले अफगानिस्तानतर्फ ३६ हजार मेट्रिक टन गहुँ आपूर्ति गरिसकेको छ । भारतले अफगानिस्तानतर्फ कुल ५० हजार मेट्रिक टन गहुँ आपूर्ति गर्ने बताइएको छ ।

भारतीय समाचार संस्था एएनआईका अनुसार भारतले अफगानिस्तानमा जारी मानवीय संकटलाई ध्यानमा राख्दै विश्व खाद्य कार्यक्रमसँगको सहकार्यमा गहुँ सहयोग गरेको हो ।

अफगान जनताका लागि भन्दै पाकिस्तान सरकारले गत वर्षको नोभेम्बर महिनामा भारतलाई अफगानिस्तानतर्फ गहुँ निर्यात गर्न दिने घोषणा गरेको थियो ।

प्रकाशित मिति : २ श्रावण २०७९, सोमबार  ७ : ०५ बजे

बाढीले उजाडियो पर्वतको फर्से बजार

गण्डकी – कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेको

गाडी रिजर्भ गरेर बाढी हेर्न जानेको भीड (तस्बिरहरु)

काठमाडौं – कालीगण्डकी नदीमा आएको बाढी हेर्नका लागि बागलुङ बजारबाट

म्याग्दी पहिरो अपडेट : मृतकको संख्या छ पुग्यो, तीन जना बेपत्ता

म्याग्दी – म्याग्दीमा पहिरोबाट ज्यान गुमाउनेको संख्या छ जना पुगेको

काठमाडौं हिँडेका सवारीसाधन कुरिनटारमा रोकिए (तस्बिरहरू)

चितवन – अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४

मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह

लमजुङ – मनाङको चामे गाउँपालिका–४ स्थित घट्टेखोलामा पहिरो झरिरहेको र