सन्तोषी माताको मूर्तिमा जडित सुनचाँदी चोर्ने तीन जना पक्राउ « Khabarhub

सन्तोषी माताको मूर्तिमा जडित सुनचाँदी चोर्ने तीन जना पक्राउ


२ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रहरीले नक्साल नागपोखरीस्थित सन्तोषी माताको मूर्तिमा जडित सुनचाँदीको गरगहना चोरी गर्ने तीन जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँ तथा प्रहरी वृत्त मालिगाउँबाट खटिएको प्रहरी टोलीले नागपोखरीस्थित सन्तोषी माताको मूर्तिमा जडित सुन तथा चाँदीका गरगहना चोरी गर्ने सिन्धुपाल्चोकको चौताराकी १८ वर्षीया सविना पराजुली, गुल्मीको मुर्साकोटका २५ वर्षीय विष्णु पछाई र सर्लाहीको लालबन्दीका २० वर्षीय सिद्धार्थ बुढाथोकीलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी कार्यालय काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले काठमाडौँ महानगरपालिका–१ नक्साल नागपोखरीस्थित सन्तोषी माताको मन्दिरको ताल्चा फोरेर सुन तथा चाँदीको गरगहना चोरी गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए ।

उनीहरुले रु १२ लाख मूल्य बराबरका गरगहना चोरी गरेको खुलेको छ ।

प्रहरीले पक्राउ परेकाहरुबाट सुनको तिलहरी एक थान, चाँदीको करुवा दुई थान, चाँदीको सिसादानी एक थान, चाँदीको सुकुन्दा एक थान, चाँदीको ऐना एक थान, चाँदीको मुकुट एक थान, चाँदीको पाता दुई थान, चाँदीको दियो पाँच थान, चाँदीको गिलास दुई थान, कचौरा चार थान, चम्चा तीन थान, चाँदीको माला एक थान, विभिन्न सिक्का १३४ थानलगायत सामग्री बरामद गरेको छ ।

पक्राउ परेका तीनैजनालाई मुलुकी अपराध संहिता ऐन, २०७४ को परिच्छेद २० को चोरी तथा डाँकासम्बन्धी कसुरको देहाय २४१ अन्तर्गत चोरी गर्न नहुने कसुरमा जिल्ला अदालत काठमाडौँबाट सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रवक्ता मैनालीले जानकारी दिए ।

प्रकाशित मिति : २ श्रावण २०७९, सोमबार  ९ : ५९ बजे

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा

बरियारपट्टी छोटी भन्सार स्तरोन्नतिको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र

सिरहा– सिरहाको बरियारपट्टी गाउँपालिका–३ मा रहेको छोटी भन्सार कार्यालय बन्द

संघर्ष छिचोल्दै श्रीमान्–श्रीमती एकसाथ दीक्षित

काठमाडौं– जीवनमा सबैलाई अर्थपूर्ण साथको आवश्यकता पर्छ । अझ जिम्मेवारी

चिसोबाट प्रभावितहरूलाई सहयोग गर्न संयोजक प्रचण्डको आग्रह 

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको