गर्मी बढेसँगै दक्षिणपश्चिम चीनमा ५० लाख मानिस लोडसेडिङको चपेटामा « Khabarhub

गर्मी बढेसँगै दक्षिणपश्चिम चीनमा ५० लाख मानिस लोडसेडिङको चपेटामा


२ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेइजिङ – दक्षिणपश्चिम चीनका ५० लाख भन्दा बढी मानिसले बुधबार लोडसेडिङको सामना गरेका छन्।

गर्मीको लहरले बिजुली आपूर्तिमा सङ्कट भएसँगै लाखौँ मानिसले लोडसेडिङ सामना गर्न बाध्य भएका हुन्। हालैका दिनहरूमा सिचुआन प्रान्तमा तापक्रम ४० डिग्री सेल्सियस नाघेको छ, जसका कारण एयर कन्डिसनको माग बढेको छ।

यस क्षेत्र आफ्नो बिजुली उत्पादन गर्न बाँधमा पनि धेरै निर्भर छ। तर, गर्मीले जलाशय सुक्न थालेको छ जसका कारण ऊर्जा अभावलाई बढाएको छ।

प्रान्तको उत्तरपूर्वी ५ दशमलब ४ मिलियन जनसंख्या भएको सहर दाझोयुमा बुधबार मात्र विद्युत आपूर्ति हुने एक स्थानीय पावर कम्पनीलाई उल्लेख गर्दै सांघाईस्थित एक स्थानीय सञ्चार माध्यमले जनाएको छ। उक्त क्षेत्रमा दैनिक तीन घण्टासम्म लोडसेडिङ हुने र आवश्यक परे कटौती लम्ब्याउन सकिने प्राप्त विवरणमा जनाइएको छ।

विद्युत अभावमा जापानी अटोमेकर टोयोटासँगको संयुक्त उद्यमसहित सिचुआनका कारखाना काम रोक्न बाध्य भएका छन्।

प्रकाशित मिति : २ भाद्र २०७९, बिहीबार  ६ : २८ बजे

गणेश पराजुलीले लिए संसदीय विशेष समितिको सभापतिको शपथ

काठमाडौं– हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्

ओलीको आग्रह– सानातिना मतभेद बिर्सेर स्थानीय तहको निर्वाचन तयारीमा लागौँ

काठमाडौं– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रका सानातिना मतभेदलाई

आर्थिक विकासका लागि सरकारले निजी क्षेत्रलाई सहजीकरण गर्नुपर्ने

काठमाडौं– नेकपा एमालेका नेता एवं पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेले आर्थिक विकासका

बेनीको शिरमा रहेको पाखो चर्किएर पहिरो खस्न थाल्यो

म्याग्दी– म्याग्दीको सदरमुकाम बेनी बजारको शिरमा रहेको पाखो धाँजा फाटेर

राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित

काठमाडौं– प्रतिनिधिसभाबाट ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक,