वर्ल्ड कपमा नेपालीको प्रदर्शनी स्टल रहने  « Khabarhub

वर्ल्ड कपमा नेपालीको प्रदर्शनी स्टल रहने 

कतारको इस्लामिक म्युजियम पार्कमा नेपाली समुदायले पनि कार्यक्रम गर्न पाउने



दोहा – कतारको इस्लामिक म्युजियम पार्कमा नेपाली समुदायले पनि कार्यक्रम गर्न पाउने भएका छन् । आगामी २० नोभेमबरदेखि १८ डिसेम्बर २०२२ सम्म आयोजना हुने बहुप्रतिक्षित फिफा वर्ल्ड कप २०२२ लाई सफल बनाउन आप्रवासी समुदायहरुको विशेष प्रस्तुति रहनेछ ।

विश्वभरिबाट फिफा वर्ल्ड कप प्रतियोगिता हेर्न आउने दर्शकहरूको मनोरञ्जनका लागि कतार सरकारको विभिन्न निकायद्वारा गरिने वर्ल्ड कप विशेष कार्यक्रम अन्तर्गत कतार इस्लामिक म्युजियमद्वारा एमआईए पार्कमा फिफा वर्ल्ड कप अवधिभर कतारस्थित नेपाली लगायत अन्य आप्रवासी समुदायहरुको विशेष प्रस्तुति रहने गैर आवासीय नेपाली संघ (एनआरएनए) कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले बताए ।

अध्यक्ष मुसलमानका अनुसार बुधबार नेपाली दूतावासका द्वितीय सचिव प्रविण भट्टराई र नेपाली समुदायको तर्फबाट एनआरएनए कतारले एमआईएका डेप्युटी डाईरेक्टेर सालेम अब्दुल्ला एम अल अवादसँग अन्तिम बैठक सम्पन्न गरेको बताए ।

आगामी ४ अक्टोबरदेखि १८ डिसेम्बर, २०२२ सम्म उक्त क्षेत्रमा नेपाली राष्ट्रिय झन्डा फहराउँदै नेपाली समुदायको एउटा प्रदर्शनी स्टल रहने उनले बताए । आप्रवासी समुदायको लागि तयार पारिएको स्टेजमा नेपाली समुदायको विभिन्न सांस्कृतिक प्रस्तुति पनि रहनेछ ।

‘प्रतिष्ठित फिफा वर्ल्ड कप २०२२ को साझेदारी कार्यक्रममा नेपाली समुदायलाई पनि सहभागी बन्ने अवसर प्रदान गर्ने कतार सरकार र यसका लागि समन्वयमा सहजीकरण गर्ने नेपाली दूतावास प्रति एनआरएनए कतारले आभार प्रकट गर्दछ’ उनले भनेका छन्।’

२० नोभेम्बरदेखि १८ डिसेम्बरसम्म हुने प्रतियोगिताका लागि विश्वभरबाट २० लाख बढी दर्शक आउने अनुमान गरिएको छ ।

प्रकाशित मिति : २ भाद्र २०७९, बिहीबार  ७ : ५७ बजे

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल साउन २४ गते आइतबार सन् २०२६

आज २०८३ साल साउन २४ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन २४ गते आइतबार सन् २०२६

बानेश्वरबाट अनलाइन सट्टेबाजी र क्रिप्टोकरेन्सी कारोबारमा संलग्न तीन जना पक्राउ

काठमाडौं – अवैध अनलाइन सट्टेबाजी तथा क्रिप्टोकरेन्सी कारोबारमा संलग्न रहेको

विरगञ्जमा घरेलु मदिरासहित चार जना प्रहरी नियन्त्रणमा

वीरगञ्ज – प्रहरीले तीन हजार ५०० लिटर तयारी घरेलु मदिरासहित

समृद्धिका लागि अनुसन्धान, नवप्रवर्तन र आविष्कारलाई प्राथमिकता दिएका छौँ : मन्त्री पुन

म्याग्दी – विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपालको समृद्धिका