थाइल्यान्डमा बम विस्फोटसँगै आगलागी « Khabarhub

थाइल्यान्डमा बम विस्फोटसँगै आगलागी


२ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैंकक – बुधबार दक्षिणी थाइल्यान्डमा कम्तीमा १७ स्थानमा विस्फोट र आगलागी भएको अधिकारीहरूले बताएका छन्। विस्फोटमा ७ जना घाइते भएका छन् । स्टो र एक ग्यास स्टेशनलाई लक्षित गरी बम विष्फोट भएका थिए । मध्यरातमा भएका विस्फोटमा कम्तीमा सात जना घाइते भएका सुरक्षाकर्मीले जनाएका छन् ।

आक्रमणको जिम्मा कुनै पनि समूहले लिएको छैन । मलेसियासँगको सिमानामा रहेको दक्षिणी थाइल्याण्डका प्रान्तहरूले दशकौंदेखि तल्लो तहको विद्रोह देखेका छन् । हिंसाको अनुगमन गर्ने डीप साउथ वाच समूहका अनुसार सन् २००४ देखि द्वन्द्वमा ७ हजार ३०० भन्दा बढी मानिस मारिएका छन् ।

सन् २०१३ मा सुरु भएको शान्ति वार्तामा बारम्बार अवरोध देखिएका छन् । यस वर्षको सुरुमा थाई सरकारले महामारीको कारण दुई वर्षको अन्तरालपछि मुख्य विद्रोही समूह, बारिसन रिभोलुसी नेसनलसँग पुनः वार्ता सुरु गरिरहेकै बेला बुधबारको आक्रमण भएको हो ।

प्रकाशित मिति : २ भाद्र २०७९, बिहीबार  ८ : १० बजे

बर्दियामा यसरी भइरहेको छ बाघ गणना

बर्दिया- प्रत्येक चार/चार वर्षमा हुने बाघ गणना यति वेला बर्दिया

खुम्बु ल्होसार कप फुटबल माघ अन्तिम साता

काठमाडौं – महेन्द्र ज्योति पूर्वविद्यार्थी मञ्च, फराकको आयोजनामा १५औँ खुम्बु

राति देशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात-वर्षाको सम्भावना

काठमाडौँ । आज राति देशका विभिन्न स्थानमा हिमपात तथा वर्षा

विदेश पठाउने भन्दै २८ लाख ठगी गर्ने तीनजना पक्राउ

काठमाडौँ – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश

करिब १७ लाख रुपैयाँबराबरको चाँदीसहित एक जना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले नागढुङ्गाबाट चाँदीसहित एकजनालाई पक्राउ गरेको छ। प्रहरी