ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान)को अध्यक्षमा निलहरि बास्तोला निर्वाचित भएका छन्। सोमबार सम्पन्न भएको ४४ औँ वार्षिक साधारण सभा र निर्वाचनबाट ६ सय १६ मत प्राप्त गर्दै उनको सिङ्गो प्यानल नै विजयी भएको छ। कोरोनापछि थला परेको नेपालको पर्यटन क्षेत्रको ट्रेकिङ क्षेत्रमा धेरै समस्या र विकृति भएको भन्दै सुधार गर्नुपर्ने विषयमा अवाज उठिरहेको छ। यो क्षेत्रको सुधार गर्ने जिम्मा अब उहाँमा छ। यसै विषयमा आधारित भएर अध्यक्ष निलहरि बास्तोलासँग खबरहबका लागि चन्द्रकान्त न्यौपानेले गरेको कुराकानीको सम्पादित अंश :
तपाईंसँग यो संस्थामा काम गरेको लामो अनुभव छ। नेतृत्वमा पुगेपछि कसरी अगाडि जाँदै हुनुहुन्छ ?
टानमा बसेर गर्नुपर्ने काम धेरै छन्। यो विषयमा मैले पहिलादेखि नै कुरा उठाउँदै आएको छु। यो कुरा मैले विभिन्न पदमा हुँदा पनि धेरै पटक उठाएको हुँ। आजको आवश्यकता भनेको जनताको पहिचान बजारीकरण हुनुपर्दछ । विभिन्न ट्रेकिङ कम्पनी हुँदै गर्दा सेल गर्नसक्ने परियोजना छैनन्। कर र भ्याटको विषयमा राज्यबाट बेवास्ता गरेको छ। त्यसलाई मैले पहिलो चरणमा जोड दिन्छु।
टानमा तपाईंले जित हासिल गर्नुभयो। तर, पराजित टोलीलाई कसरी समेटेर अगाडि जानुहुन्छ ?
अहिलेको समाजमा कुनै पनि व्यक्ति कुनै न कुनै रूपमा राजनीतिमा जोडिएको हुन्छ। यो टान भनेको व्यवसायीको साझा सङ्गठन हो। दुई वर्षको कार्यकालमा राजनीति रहित र भित्र कुनै राजनीतिक द्वन्द्व नआउने गरी काम गर्ने तयारीमा छु। पराजित भएका समूहसँगै बसेर उहाँहरूको मुद्दा र समस्यालाई छलफल गरेर अगाडि बढ्छु।
टानमा आवद्ध व्यवसाय हिजोका दिनदेखि नै विवादित अवस्थामा छन्। विवाद समाधान कसरी गर्नुहुन्छ ?
मैले निरन्तर पाँच वर्षदेखि अध्यक्ष हुन्छु भनेको थिएँ। धेरै व्यवसायीहरुको भरोसमा ममाथि छ। साथीहरुको सहयोगमा यहाँ पुगेकाले सबैको सल्लाहमै काम गर्छु।
तपाईंहरुको व्यवसायमा कोरोनाले कस्तो अवरोध गरेको छ ?
कोरोनाको मार जताततै छ। तर, समय अनुसार अगाडि बढ्नुको विकल्प छैन। डिजिटल प्रविधि आएको अवस्थामा गन्तव्यमा मानिसलाई खानेकुरा र बस्ने ठाउँको व्यवस्थापन त्यही ढंगको हुनुपर्छ। हामी परिवर्तन हुन सकेका छैनौँ। ३० वर्ष अघि र अहिलेको अवस्था उही छ। यसलाई सुधार गर्नुपर्छ। पर्यटकको संख्या बढाउन स्थानीय सरकारले पहल गर्नुपर्छ। प्रत्येक गाउँपालिकामा पर्यटन क्षेत्रको लागि बजेट हुन्छ। त्यो थाहा पाएर वा नपाई अन्तै लगानी गरेको पाइन्छ। त्यसलाई सदुपयोग गर्नुपर्छ भन्ने हाम्रो माग हो।
स्थानीय तहले गन्तव्यको पहिचान गरेर नेपाल पर्यटन र्बोडसँग सहकार्य गर्ने हो भने हामीले धेरै गन्तव्य सहजै पत्ता लगाउन सक्छौँ। त्यसो गर्दा आन्तरिक र बाह्य पयर्टक भित्र्याउन सहज हुन्छ। अन्तर निकायबीचमा समन्वय गर्या भने त्यहाँ हामीले धेरै गन्तव्य पत्ता लगाउन सक्छौँ र त्यहाँ आन्तरिक र बाह्य पर्यटनको विकास गर्न सक्छौँ।
टानमा कस्ता कस्ता व्यवसहायीको सक्रियता छ ?
पर्वतीय पर्यटन ट्रेकिङ व्यवसाय सञ्चालकको समूह हो। टानमा सदस्यता लिनका लागि ट्रेकिङ कम्पनी हुनु पर्दछ। त्यसले ट्रेकिङ चलाउने हो। त्यसमा हिँडेर जाने हो। त्यसलाई व्यवस्थापन ट्रेकिङले गर्न मिल्छ। जस्तो यो टुर ट्राभलले चलाए जस्तै यो ट्रेकिङ चलाउनका लागि संस्था दर्ता हुनुपर्दछ। अहिले हामीसँग टानमा जोडिनु भएका जम्मा १८९० वटा संस्था हुनुहुन्छ। टानमा आवद्ध नभएका पनि थुप्रै संस्था छन्। संस्था दर्ता भएको तर टानसँग नजोडिएको त्यो संस्थालाई पनि जोडेर बजारीकरण गरेर विकास गर्नु पर्दछ।
अहिले खेलकुद टुरिजम पनि सुरु भएको छ। त्यसले हामीसँग भएका प्राकृतिक सम्पदालाई मिलाएर जाने हो भने नेपालमा पर्यटकको दुःख हुँदैन। तर, त्यसका लागि राज्यले पनि पहल गर्नु पर्दछ र हामी सबैले राज्यलाई बुझाउनु पर्दछ।
राज्य उदासिन भए पनि पर्यटन क्षेत्रमा टानले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। अब यसलाई कसरी अगाडि बढाउने योजना छन् ?
टानको चर्चा व्यवसायीको कामले पाएको हो। अब प्रादेशिक रूपले नै हामीले टानलाई विकास गछौँ। गण्डकी प्रदेशमा काम सुरु गरेका छौँ। यसैगरी सबै प्रदेशमा अगाडि बढ्छौँ। नेपाल जस्तो हिमाल नै हिमालको देशमा टान जस्ता संस्था जति बढी सक्रिय बनाउँदै गयो त्यति नै पर्यटन विकास गर्न सकिन्छ।
अहिले सबै भन्दा बढी प्रचलनमा आएका ट्रेकिङ क्षेत्र कुन कुन छन् ?
बढी पर्यटक ट्रेकिङ गर्ने भनेको अहिले अन्नपूर्ण राउन्ड ट्रेकिङ लाङटाङ लगायतका क्षेत्रहरू छन्। अन्नपूर्ण राउन्ड ट्रेकिङ आजभन्दा २० वर्ष जति पहिला २० देखि ३२ दिनसम्म गर्थै। अहिले ६ दिन जतिमा त टुङ्गिन्छ। अन्नपूर्ण वेस्ट क्याम अहिले चारदेखि ५ दिनमा जान सकिने भयो।
अहिले धेरै ट्रेकिङ क्षेत्र हराएर गए। जस्तो मुस्ताङमा हिजो १० दिनको स्पेसल ट्रेकिङ पर्मिट अपनाएर जानु पर्ने थियो। अहिले सडक पुर्याएर यातायात जाने अवस्था छ। त्यसैले यस्ता ठाउँका यातायातका साधनलाई रोक्नु पर्दछ। नत्र हामीले फरक गन्तव्य मकालु, कञ्चजंङगा सुदूर पश्चिमतर्फ फोकस गर्नुपर्ने आवश्यक छ।
टान र पर्यटन बोर्ड मिलेर पदयात्री सूचना प्रणाली कार्यान्वयन गर्ने भनिएको थियो अहिले त्यो कार्यान्वयनको प्रणाली कस्तो छ ?
कोरोनाको पछाडि यो त्यति धेरै प्रभावकारी हुन सकेन। एउटा त स्थानीय सरकारलाई आफ्नो आयश्रोत आफैले विकास गर्नसक्ने छ भनेर संविधानमा राखेपछि प्रत्येक गाउँपालिकामा पैसा उठाउन थाल्यो। त्यसो हुँदा यो झन्झटिलो भयो। मानिसले टिम्स्मा पनि पैसा तिर्नु पर्ने स्थानीय सरकारले पनि पैसा लिन्छ। झन्झटिला कुरा भएको हुँदा हामीले यो राज्यसँग बसेर छलफल यो पर्यटन क्षेत्रलाई केन्द्रीय सरकार मातहतमा लानुपर्छ भनेका छौँ। टिम्स्लाई व्यवस्थापन गर्नका लागि हामीले आजको आधुनिक समयअनुसार रिटन व्यवसायीलाई र विदेशीमा रहेका मजदुरका लागि सम्भावनाको खोजी गर्नुपर्छ।
स्थानीय सरकारलाई आफ्नो श्रोत साधनको पहिचान गर्ने र त्यसलाई आर्य आर्जनको श्रोत बनाउन सकिन्छ भनेर अधिकार दिँदा स्थानीय तहका प्रमुखसँग छलफल गरेर कि टिम्स् खारेज गर्नुपर्या, सरकारले चलाउनु पर्या कि रुट पर्मिटको आधारमा चल्नु पर्या भनेर गम्भीर बहस गर्नु पर्या नि धेरै भयो भने त पर्यटन क्षेत्र गुम्ला ? यो गम्भीर विषय हो। हामीले एभरेष्ट ट्रेकिङ सेल गर्दा ५ देखि ७ वटा गाउँपालिका पर्दछन्। त्यसरी प्रत्येक गाउँपालिकामा पैसा उठाउने हो भने सेल गर्न सक्ने अवस्था रहँदैन। एउटा मूल्यको कारण र अर्को झन्झटिलो कारणले नहोला। त्यसैले यो केन्द्रबाट पर्मिट लागु भएपछि त्यो पर्मिटको आधारमा जान सहज हुनुपर्या।
व्यवसायीले सरकारी राजस्व उठाउँछन् , त्यो रकमले कार्यालय चल्ने र घुम्ने मात्र भन्छन् नि ?
ट्याक्समा पारदर्शिता छैन। तर, त्यसमा व्यवसायीको मात्र कमजोरी होइन। तर, राज्यले ट्रेकिङ चलाए बापत हामीले भ्याट तिर्नु पर्दछ। तर, हामीले बाटोमा सामान बोकाएको खच्चर, मजदुर, घोडाको त भ्याट बिल काट्दैनौँ । त्यसको लागि राज्यले यसको यति लाग्छ भनेर सुनुवाइ गर्नु पर्दछ।
राष्ट्र बैंकले पनि तपाईंहरुलाई डलरको खेती गर्नुहुन्छ। तर, कर तिर्नुहुन्न भन्छ। ययार्थ के हो ?
हिजोका दिनमा त्यस्तो हुन्थ्यो होला। विदेशीले पनि क्यास नै बोकेर आउने हुन्थ्यो। तर, अहिले धेरै विदेशीले क्यास बोकेर आउँदैनन्। अनलाइन नै पेमेन्ट हुन्छ।
यसलाई राम्रो र व्यवस्थित गर्न कसरी काम गर्नु हुन्छ ?
टुरिजम बोर्डले आजको मितिसम्म पर्यटन सम्बन्धी यो देश राम्रो छ घुम्न आउनुहोस् भनेर बाहिरका राजदूतावाससँग छलफल गरेको सुनेको छैन। राम्रोसँग टुरिजम बोर्ड या टान जस्ता विभिन्न सस्थाले नेपालमा विदेशी आएर घुम्नकालागि उचित गन्तव्य छन् भनेर प्रचार प्रसार गर्नुपर्छ। यो सन्देश बाहिरसम्म पुरर्याउनुपर्छ। नेपाललाई पर्यटकका लागि ग सुरक्षित र उचित गन्तव्य मुलुक बनाउन सकिन्छ। प्रस्तुति : पुष्पाञ्जली बस्नेत
प्रतिक्रिया