चितवनमा हजारौँ दर्शकले घेरे कृष्ण र लीलालाई « Khabarhub

चितवनमा हजारौँ दर्शकले घेरे कृष्ण र लीलालाई


२ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कृष्णजन्माष्टमी अर्थात् ३ भदौदेखि देशव्यापी प्रदर्शनमा आउन लागेको बहुप्रतीक्षित फिल्म ‘कृष्ण–लीला’को टिमले मंगलबार चितवनको भरतपुरमा कन्सर्ट आयोजना गरेको छ ।

सिजी ल्यान्डमार्क सपिङ सेन्टरमा आयोजित कन्सर्टमा सहभागी हुन काठमाडौँबाट ‘कृष्ण लीला’ का शीर्ष अभिनेता पुष्प खड्का, अभिनेत्री श्रद्धा क्षेत्री, बुद्धि तामाङ, रवीन्द्र झा, निर्देशक दीपक ओली, गायक रवि ओड, गायिका सुनीता कार्की र कोरियोग्राफर माइकल चन्द मंगलबारै चितवन पुगेका थिए । कन्सर्टमा पुष्प र श्रद्धालाई भीडबाट जोगाउन सेक्युरिटीलाई हम्मेहम्मे परेको थियो । हजारौँ दर्शकले पुष्प, श्रद्धालगायत गायक गायिकालाई घेरेका थिए ।

ओएसीस एजुकेसनको प्रस्तुति तथा माइकल चन्दको इभेन्ट निर्देशन रहेको प्रमोसन टुरको कन्सर्टमा अभिनेता पुष्प र अभिनेत्री श्रद्धाले दर्शकहरूलाई सम्बोधन गर्दै ‘कृष्ण लीला’ को ‘अटल बाचा गरें’ र ‘त्यो कथामा एउटा राजा’ गीतमा डान्स गरेका थिए । बुद्धि तामाङ र रवीन्द्र झाले दर्शकहरूलाई ‘कृष्ण लीला’ हेर्न आग्रह गर्दै रमाइलो प्रस्तुति दिएका थिए।

गायक रवि र गायिका सुनीताले ‘अटल बाच गरें’ गाउँदा दर्शकहरू निकै हौसिएर ‘वान्स मोर’ भन्दै नारा लगाएका थिए । चितवनवासी दर्शक स्रोताबाट पाएको माया, सम्मान र हौसलाले आफूहरूलाई निकै खुसी लागेको अभिनेता पुष्पले बताए । उनले आफू जहिल्यै चितवन आउँदा पनि औधि माया पाइरहेको स्मरण गरे ।

निर्देशक दीपकले दर्शकलाई ‘कृष्ण लीला’ हेरेर प्रतिक्रिया दिन आग्रह गरे भने अभिनेत्री श्रद्धाले प्रदर्शनको हिसाबले यो नै आफ्नो पहिलो फिल्म भएकाले भरपूर माया र साथको अपेक्षा राखेको बताइन् । साँझ ५ बजे सुरु भएको कन्सर्टमा ‘कृष्ण लीला’ का कलाकार तथा निर्देशकसँग फोटो र सेल्फी खिच्ने काम अबेर रातिसम्मै चलेको थियो ।

प्रकाशित मिति : २ भाद्र २०७९, बिहीबार  १० : ४१ बजे

बाढीले बगाएर ल्याएको बालुवा र काठ व्यवस्थापन गर्न मनीष झाको आग्रह

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनीष झाले बाढीपहिरोका क्रममा

पाँचथरबाट आङ्देम्बेसहित चार जना कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचित

पाँचथर – नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे पाँचथरबाट पार्टीको

दोधारा–चाँदनी झोलुङ्गे पुलको प्राविधिक अध्ययन सुरु

महेन्द्रनगर– कञ्चनपुरको महाकालीमा नदीमा अवस्थित दोधारा–चाँदनी झोलुङ्गे पुलको पिल्लर भत्किएपछि

इन्जिनियरिङ पृष्ठभूमिका १७ सांसदसँग प्रधानमन्त्रीको छलफल

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले इन्जिनियरिङ पृष्ठभूमिका १७ जना सांसदसँग बाढीपछिको अवस्था

सरकारले विगतका ठूला भ्रष्टाचार काण्डको सूक्ष्म अनुसन्धान गरिरहेको छ : सचेतक परियार

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचेतक प्रकाशचन्द्र परियारले वर्तमान