कार्यव्यवस्था परामर्श समितिको बैठक जारी « Khabarhub

कार्यव्यवस्था परामर्श समितिको बैठक जारी


२ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- संघीय संसद् भवनमा प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक जारी छ । सभामुख अग्निप्रसाद सापकोटाको अध्यक्षतामा प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक बसेको हो ।

बिहीबार प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठकले आजको प्रतिनिधिसभामा पेस हुने कार्यसूची तय गर्नेछ । संसद्ले आजको प्रतिनिधिसभा बैठकमा राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयक पेस हुने कार्य तालिका सार्वजनिक गरेको छ ।

गृहमन्त्री बालकृष्ण खाँणले विधेयक प्रतिनिधिसभामा पेस गर्ने र आजै प्रतिनिधिसभाले पास गर्ने सरकारको तयारी छ ।प्रमुख प्रतिपक्षी दल एमालेले भने नागरिकता विधेयकमा सामान्य संशोधन गर्नुपर्ने बताएको छ । त्यसका लागि छलफल हुनुपर्ने उसको माग छ ।

तर, सत्तारुढ गठबन्धनले राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता पठाएको विधेयक हुबहु पास गरेर फेरि प्रमाणीकरणका लागि पठाउने निर्णय गरेका छन् ।

प्रकाशित मिति : २ भाद्र २०७९, बिहीबार  ११ : ०० बजे

बेनी–जोमसोम सडकको म्याग्दी खण्ड : पहिरो रोकथाम योजना सुरु

म्याग्दी– चीन र भारत जोड्ने कालीगण्डकी कोरिडोर, बेनी–जोमसोम–कोरला सडकको म्याग्दी

नवलपुर-२ : कांग्रेसबाट विरासत फिर्ता ल्याउने एमालेको दाउ, रास्वपाले पनि दिँदैछ टक्कर

काठमाडौं- तीन दशकयता नवलपुर– २ को चुनावी इतिहास हेर्दा नेकपा

बेथानचोक गजराम पर्वतबाट देखिएको सूर्योदयको दृश्य (तस्बिरहरू)

काभ्रे– काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका– ३ र ५ को सिमानामा अवस्थित

वरिष्ठ कलाकार सुनिल थापाको हृदयघातका कारण निधन

काठमाडौं– वरिष्ठ कलाकार सुनिल थापाको निधन भएको छ । स्वास्थ्यमा

टी–२० विश्वकप आजदेखि, उद्घाटन खेलमा पाकिस्तान र नेदरल्याण्ड्स भिड्ने

काठमाडौैं– आईसीसी टी–२० विश्वकपको १०औँ संस्करण आजदेखि भारत र श्रीलङ्कामा