लघु, घरेलु तथा साना उद्योग बागमती सरकारको प्राथमिकतामा : उद्योगमन्त्री | Khabarhub Khabarhub

लघु, घरेलु तथा साना उद्योग बागमती सरकारको प्राथमिकतामा : उद्योगमन्त्री


२ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बागमती प्रदेश सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मिलनबाबु श्रेष्ठले मुलुकको अर्थतन्त्रलाई  आत्मनिर्भर बनाउने र रोजगारी सिर्जना गर्ने लघु, घरेलु तथा साना उद्योगहरू बागमती सरकारको प्राथमिकतामा रहेको बताएका छन्।

नेपाल घरेलु तथा साना उद्योग महासंघले राजधानीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले अर्थतन्त्रलाई माथि उठाउने र आयात प्रतिस्थापन गर्दै स्थानीय उत्पादनबाटै आत्मनिर्भर बनाउन सघाउने यस्ता उद्योगहरूका लागि बागमती सरकार सदैव साथमा रहेको बताए।

चप्पलदेखि टोपीसम्म, लत्ता कपडादेखि दैनिक उपभोग्य वस्तुसम्म लघु घरेलु तथा साना उद्योगका माध्यमबाट आत्मनिर्भर हुन सक्ने सम्भावना प्रशस्तै रहेको भन्दै मन्त्री श्रेष्ठले रोजगारी र आत्मनिर्भरका हिसाबले यो क्षेत्रका लागि आफूले मन्त्रालय सम्हाल्दासम्म दत्तचित्त भएर सहयोग गर्ने बताए। नेपाल घरेलु तथा साना उद्योग  महासंघसँग जोडिएर व्यवसायीहरूलाई सहजता प्रदान गर्ने र उद्यमशीलताको विकास गर्ने कुरामा लागिपर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे।

ललितपुरको लुभु र ठैवमा टेक्सटाइल, भक्तपुरमा काष्ठकला, पाटनमा ललितकला र धातुकलालगायतका कुराले अर्बौँ रुपियाँको आयआर्जनमा भूमिका खेलेको भन्दै उनले घरेलु तथा साना उद्योगका उत्पादनलाई प्रवर्द्धन गर्नका लागि प्रदेशको राजधानी हेटौँडामा चारदेखि पाँच करोडको लागतमा गत वर्षदेखि अत्याधुनिक बिक्री कक्ष निर्माण भइरहेको बताए। यस्तै घरेलु सामानको प्रवर्द्धनका लागि चितवन, मकवानपुर, काठमाडौं, भक्तपुर, ललितपुरलगायतका जिल्लामा आधुनिक रूपमा प्रदर्शनी कक्ष निर्माण गर्ने कार्यक्रम राखेको भन्दै उहाँले महासंघलाई पनि हातमा हात राखेर हिँड्न आग्रह गरे।

महासंघका अध्यक्ष उमेशप्रसाद सिंहले नेपालको सन्दर्भमा लघु, घरेलु तथा साना उद्योगहरू आर्थिक समृद्धिको सम्बाहकका रूपमा रहेता पनि यस्ता उद्योगहरूको प्रमुख समस्याको रूपमा बजार पहुँच रहेको बताए।

महासंघको पालिकादेखि केन्द्रीय सरकारसम्म नेटवर्क रहेको भन्दै अहिले दुई चार जनाको संस्था खडा गरेर प्रदेशका कार्यक्रमहरूको दुरुपयोग भएकोतर्फ ध्यानाकर्षण गराउँदै त्यस्ता कार्यक्रमका लागि कार्यक्रम नगर्न आग्रह गरे।

लघु, घरेलु तथा साना उद्योगहरूको उच्चतम सदुपयोग र प्रवर्द्धनबाट अर्थतन्त्रलाई पनि समृद्ध बनाउने दिशामा महासंघ बागमती प्रदेशसँग सहकार्य गरी अगाडि बढ्न चाहेको उनले बताए।

महासंघका निवर्तमान अध्यक्ष श्यामप्रसाद गिरीले वास्तवमा समानुपातिक विकासका लागि र उत्पादनको समानुपातिक वितरणका लागि प्रदेश सरकारको जरुरी रहेको बताए।

प्रदेश आफ्नै भौगोलिक दायरामा रहेको भन्दै त्यसका केही सकारात्मक सम्भावनाका अवसरहरू त्यहाँ रहेको उनले भने– “हामीले औद्योगिक व्यवसाय विकासका रूपमा खास गरी रोजगारी प्रवर्द्धनका सन्दर्भमा काम गर्ने कुरा गर्दा संविधान केन्द्रीय सरकारले साना तथा घरेलु उद्योगलाई तल पठाइसकेको छ । यसको प्रवर्द्धन, नियमन र प्रशासनको विषय पनि तल पठाइसकेको छ अझ संविधानले त पालिकाले नै साना तथा घरेलु उद्योगलाई हेरोस् भनेको छ । तर साना तथा घरेलु उद्योगहरूको प्रवर्द्धनका सन्दर्भमा पालिकाको भूमिका विगत पाँच वर्षदेखि त्यति प्रभावकारी हुन नसकेको त्यसैले प्रदेश सरकारको जरुरी भएको हो ।”

साना तथा घरेलु उद्योगहरूको प्रवर्द्धनका लागि प्रदेश सरकारले केही छलाङ मार्ने खालका कार्यक्रम ल्याउन जरुरी भएको भन्दै निवर्तमान अध्यक्ष गिरीले भने– “अहिले साना तथा घरेलु उद्योगका समस्या भनेकै प्रविधि र पुँजीको पहुँच हो । विगत ५० वर्षमा सीप र दक्षताका सवालमा धेरै काम भए जुन पर्याप्त छन् अहिले साना तथा घरेलु उद्योगीहरू, युवा उद्यमी र महिला उद्यमीहरूको बीचमा आवश्यकताको विषय भनेको प्रविधि र पुँजीको पहुँच भएको छ ।”

कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष सूर्य कँडेल, उपाध्यक्षहरू मोहन कटुवाल र शोभा गुरुङ, महासचिव डम्बर प्रसाद रेग्मी, कोषाध्यक्ष अच्युत पाण्डे, महासंघको महिला उद्यमी समिति वरिष्ठ उपाध्यक्ष रीता अवाललगायतले पनि आफ्ना भनाइ राखेका थिए।

प्रकाशित मिति : २ भाद्र २०७९, बिहीबार  २ : ०५ बजे

मिर्गाैला प्रत्यारोपणका लागि सहयोग माग्दै पत्रकार

सुनसरी– पीबी (प्रेमबहादुर) दियाली एक समय इटहरीका सक्रिय पत्रकार मानिन्थे

सरकारले साहसिक र जनपक्षीय काम गरेको छ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश र जनताका पक्षमा सरकारले

ज्याकाराण्डाले सजियो काठमाडौं (फोटो फिचर)

काठमाडौं– राजधानीका मुख्य सडकहरू अहिले ज्याकाराण्डा फुलेर रोमाञ्चक देखिएका छन्

ज्येष्ठ पत्रकारहरूका लागि जीवन निर्वाह भत्ताको व्यवस्था गरिनेछ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ज्येष्ठ पत्रकार तथा अपाङ्गता भएका

संसद् प्रेसमैत्री कानुन निर्माण गर्न प्रतिबद्ध छ : सभामुख घिमिरे

काठमाडौं– सभामुख देवराज घिमिरले नेपाली संसद् प्रेसमैत्री कानुन निर्माण गर्न,