बस र अटो एक आपसमा ठोकिँदा तीन जनाको मृत्यु « Khabarhub

बस र अटो एक आपसमा ठोकिँदा तीन जनाको मृत्यु


२ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रौतहट– रौतहटको चन्द्रपुर नगरपालिकामा आज बिहान यात्रुवाहक बसले अटो रिक्सालाई ठक्कर दिँदा तीन जनाको मृत्यु भएको छ । काठमाडौँबाट सर्लाहीतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख २०१ नम्बरको यात्रुवाहक बसले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश २–०२–००१ ह २१०९ नम्बरको अटो रिक्सालाई पूर्वपश्चिम राजमार्गस्थित चन्द्रपुर नगरपालिका–२ लच्कामा आज बिहान ठक्कर दिँदा अटोमा सवार चारमध्ये तीन जनाको अस्पताल लैजाने क्रममा मृत्यु भएको हो । 

दुर्घटनामा परी मृत्यु हुनेमा सर्लाही–२ सोल्टीका प्रेम ठाडामगर, ढकबहादुर लुङ्गेली मगर र अटो चालक रवि मगर रहेको इलाका प्रहरी कार्यालय चन्द्रपुरले जनाएको छ ।

सोही घटनामा लुङ्गेलीकी श्रीमती सविना लुङ्गेली गम्भीर घाइते भएको तथा दुवै खुट्टामा चोट लागेकाले थप उपचारका लागि न्युरो अस्पताल वीरगञ्जमा पठाइएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरीक्षक सन्तुप्रसाद जैसवारले जानकारी दिए ।

दुर्घटनापछि बसका चालक चन्दनकुमार साहलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धानको प्रक्रिया सुरु गरेको उनले बताए । 

प्रकाशित मिति : २ भाद्र २०७९, बिहीबार  १ : ४९ बजे

बालेनले देश दौडाहा गरिरहँदा अस्पतालमा उपचाररत छन् रवि

काठमाडौं– साताअघि मात्रै राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेर वरिष्ठ नेता

इरानमा प्रदर्शन दमन भयावह : ६ हजारभन्दा बढीको मृत्यु

एजेन्सी– इरानमा राष्ट्रव्यापी रूपमा भएका सरकारविरोधी प्रदर्शनमाथि गरिएको दमनका क्रममा

मस्कोको एक होस्टेलमा आगलागी : ४ जनाको मृत्यु, ६ घाइते

एजेन्सी– मस्को क्षेत्रको बलाशिखा शहरमा मंगलबार बिहान एक होस्टेलमा आगलागी

उपेन्द्रको क्षेत्रमा चुनावी अभियान तीव्र, विवेक पुर्‍याएर मत दिन आग्रह

राजविराज– जनता समाजवादी पार्टी नेपालकी नेता एवम् पूर्वमन्त्री रेणु यादवले