विभिन्न स्थानमा चार जना मृत फेला  « Khabarhub

विभिन्न स्थानमा चार जना मृत फेला 


२ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चितवन, नवलपरासी (पूर्व), झापा र ताप्लेजुङमा चार जना मृत अवस्थामा फेला परेका छन् । 

चितवनको भरतपुर महानगरपालिका–२६ हिरापुरस्थित नारायणी नदीको किनारमा हाल पहिचान नखुलेका करिब ४५ वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् । नवलपरासी (पूर्व) को विनयी त्रिवेणी गाउँपालिका–५ मजुवास्थित खकरा खोलाको दहमा हाल पहिचान नखुलेका पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् । 

झापाको कन्काई नगरपालिका–५ तारघेरास्थित सडकमा सोही ठाउँ बस्ने २९ वर्षीया सनती मुर्मु बुधबार मृत अवस्थामा फेला परेकी छन् ।  ताप्लेजुङको फुङलिङ नगरपालिका–९ नाङ्गेजन डाँडा बस्ने ४५ वर्षीया कमला लाम्गादे आफ्नै घर नजिकको कुलोमा बुधबार मृत अवस्थामा फेला परेकी छिन् । 

सबै घटनाहरुको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २ भाद्र २०७९, बिहीबार  २ : २४ बजे

बाख्रापालक कृषकलाई अनुदान सहयोग

भोजपुर– हतुवागढी गाउँपालिकाले स्थानीय कृषकलाई व्यावसायिक बाख्रापालनमार्फत आयआर्जन र स्वरोजगारमा जोड्न

पाकिस्तानको हवाई प्रतिबन्धबीच वैकल्पिक मार्ग खोज्दै भारत, चीनसँग वार्ता

नयाँदिल्ली– पाकिस्तानले भारतीय विमानका लागि आफ्नो हवाई क्षेत्रमाथिको प्रतिबन्ध थप

गर्मी र वर्षाले महोत्तरीमा बढ्यो सर्पको बिगबिगी

महोत्तरी– प्रचण्ड गर्मी बढेसँगै महोत्तरीमा सर्पको बिगबिगी  बढेको छ ।

धितोपत्र बोर्डले भन्यो- नेप्से सुधार्न पुनर्संरचना प्रक्रिया अघि बढाउँछौँ

काठमाडौं– नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को सुधारका लागि

हिमपातका कारण लार्केपास पूर्ण रुपमा अवरुद्ध

गोरखा– लार्केपास पूर्ण रुपमा अवरुद्ध बनेको छ । गत बिहीबारदेखि