स्थानीय पूर्वाधार विकास विभागको नाम परिवर्तन गर्ने निर्णयविरुद्ध प्रदर्शन « Khabarhub

स्थानीय पूर्वाधार विकास विभागको नाम परिवर्तन गर्ने निर्णयविरुद्ध प्रदर्शन


२ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले खारेज गरेको स्थानीय पूर्वाधार विकास विभागलाई बिना औचित्य नाम परिवर्तन गरि सहरी विकास मन्त्रालयमा गाभ्ने निर्णयको विरुद्धमा सहरी विकास मन्त्रालयका प्राविधिक कर्मचारीहरूले मन्त्रालयमा प्रदर्शन गरेका छन् ।

संघीयता कार्यान्वयनको मर्म अनुसार खारेज भएको विभागलाई नाम परिवर्तन गरि मन्त्रालयमा गाभ्ने निर्णय मान्य नभएको भन्दै मन्त्रालयका इन्जिनियरिङ् सेवा सिभिल समुह विल्डिङ्ग एन्ड आर्किटेक्ट उपसमूहका प्राविधिक कर्मचारीहरूले मन्त्रालयमा प्रदर्शन गरेका हुन् ।

प्रदर्शनका क्रममा प्रहरीले हस्तक्षेप गर्न खोज्दा केहिबेरको भनाभन भएको थियो । खारेज भएको विभागलाई मन्त्रालयमा गाभ्दा कर्मचारीको वृत्ति विकासमै ठूलो असर पुर्याउने उनीहरूको भनाई छ । उनीहरूले शहरी एजेण्डालाई छायाँमा पर्ने एवं भवन, आवास तथा शहरी विकासको क्षेत्रमा कार्यरत विल्डिङ्ग एन्ड आर्किटेक्ट उपसमूहका प्राविधिक कर्मचारीहरूको कार्यक्षेत्र र वृत्ति विकासमाथि पटक पटकको हस्तक्षेप बन्द गर्न पनि माग गरेका छन् । 

यसअघि उनीहरूले आफूहरूको मागका विषयमा सहरी विकास मन्त्री मेटमणि चौधरीलाई ध्यानाकर्षण पत्र बुझाएका थिए तर कहिँबाट सकारात्मक जवाफ नआएकाले बाध्य भएर सांकेतिक रुपमा विरोध गर्नुपरेको कर्मचारीहरूले बताएका छन् ।  

प्रकाशित मिति : २ भाद्र २०७९, बिहीबार  २ : ४६ बजे

बाढीले बगाएर ल्याएको बालुवा र काठ व्यवस्थापन गर्न मनीष झाको आग्रह

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनीष झाले बाढीपहिरोका क्रममा

पाँचथरबाट आङ्देम्बेसहित चार जना कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचित

पाँचथर – नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे पाँचथरबाट पार्टीको

दोधारा–चाँदनी झोलुङ्गे पुलको प्राविधिक अध्ययन सुरु

महेन्द्रनगर– कञ्चनपुरको महाकालीमा नदीमा अवस्थित दोधारा–चाँदनी झोलुङ्गे पुलको पिल्लर भत्किएपछि

इन्जिनियरिङ पृष्ठभूमिका १७ सांसदसँग प्रधानमन्त्रीको छलफल

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले इन्जिनियरिङ पृष्ठभूमिका १७ जना सांसदसँग बाढीपछिको अवस्था

सरकारले विगतका ठूला भ्रष्टाचार काण्डको सूक्ष्म अनुसन्धान गरिरहेको छ : सचेतक परियार

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचेतक प्रकाशचन्द्र परियारले वर्तमान