नागरिकता विधेयकलाई अब ‘पेन्डिङ’ मा राख्न सकिँदैन : गृहमन्त्री खाँण « Khabarhub

नागरिकता विधेयकलाई अब ‘पेन्डिङ’ मा राख्न सकिँदैन : गृहमन्त्री खाँण


२ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गृहमन्त्री बालकृष्ण खाँणले नागरिकता विधेयकलाई अब पेन्डिङमा राख्न नसकिने बताएका छन् ।

 बिहीबार नागरिकता विधेयकमाथि प्रतिनिधिसभामा छलफलका क्रममा उठेको प्रश्नको जवाफ दिँदै मन्त्री खाँणले नागरिकता विधेयकलाई अब रोक्न सक्ने अवस्था नरहेको बताएका हुन् ।

सहमति जुट्न सकेन भन्दै पेन्डिङमा राखौँ भनेर प्रश्न उठिरहेको बताउँदै उनले अब त्यो रोक्न नसकिने बताएका हुन् । नागरिकता विधेयक रोकिँदा नेपाली नागरिकका आमाबाबुको सन्ततिलाई नागरिकता दिन नसकिने खाणले बताए ।

विधेयक थाती राख्दा प्रताडित नागरिकको संख्या बढ्ने र उनीहरूको ऊर्जा सकिँदै जाने खाँणको भनाइ छ । ‘नागरिकता भएमा उद्योग धन्दा खोल्थे होलान्, कोही विदेश जान्थे होलान्,’

नागरिकता विधेयक रोकिए पनि तत्काल नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई नागरिकतामा सात वर्षे प्रावधान लागू गर्न नसकिने मन्त्री खाणको भनाइ छ ।

प्रकाशित मिति : २ भाद्र २०७९, बिहीबार  ६ : ५० बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ