नागरिकता विधेयकलाई अब ‘पेन्डिङ’ मा राख्न सकिँदैन : गृहमन्त्री खाँण « Khabarhub

नागरिकता विधेयकलाई अब ‘पेन्डिङ’ मा राख्न सकिँदैन : गृहमन्त्री खाँण


२ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गृहमन्त्री बालकृष्ण खाँणले नागरिकता विधेयकलाई अब पेन्डिङमा राख्न नसकिने बताएका छन् ।

 बिहीबार नागरिकता विधेयकमाथि प्रतिनिधिसभामा छलफलका क्रममा उठेको प्रश्नको जवाफ दिँदै मन्त्री खाँणले नागरिकता विधेयकलाई अब रोक्न सक्ने अवस्था नरहेको बताएका हुन् ।

सहमति जुट्न सकेन भन्दै पेन्डिङमा राखौँ भनेर प्रश्न उठिरहेको बताउँदै उनले अब त्यो रोक्न नसकिने बताएका हुन् । नागरिकता विधेयक रोकिँदा नेपाली नागरिकका आमाबाबुको सन्ततिलाई नागरिकता दिन नसकिने खाणले बताए ।

विधेयक थाती राख्दा प्रताडित नागरिकको संख्या बढ्ने र उनीहरूको ऊर्जा सकिँदै जाने खाँणको भनाइ छ । ‘नागरिकता भएमा उद्योग धन्दा खोल्थे होलान्, कोही विदेश जान्थे होलान्,’

नागरिकता विधेयक रोकिए पनि तत्काल नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई नागरिकतामा सात वर्षे प्रावधान लागू गर्न नसकिने मन्त्री खाणको भनाइ छ ।

प्रकाशित मिति : २ भाद्र २०७९, बिहीबार  ६ : ५० बजे

कांग्रेसकाे १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यको नामावली स्वीकृत

काठमाडाैं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने क्रियाशील सदस्यहरूको

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौं – नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

बाणगङ्गा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

कपिलवस्तु – बाणगङ्गा नदीमा आएको बाढीमा परी शनिबारदेखि बेपत्ता भएका

अटोको ठक्करबाट १४ वर्षीय किशोरको मृत्यु

धनगढी – कैलालीको धनगढीमा अटोले मोटरसाइकललाई ठक्कर दिँदा १४ वर्षीय

पूर्वराष्ट्रपति यादवद्वारा देश विकासमा योगदान गर्न आग्रह

ललितपुर – पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश र समाजका लागि