‘प्रादेशिक संरचना संघीयताको मेरुदण्ड’ « Khabarhub

‘प्रादेशिक संरचना संघीयताको मेरुदण्ड’


२ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागमती– बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्ण शर्मा खनालले मुलुकमा तीनै तहको सरकारको आवश्यकता रहेको बताए  । उनले तत्काल प्रादेशिक संरचना खारेजीको माग गर्न नहुने बताए  । आज मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले प्रादेशिक संरचना सङ्घीयताको मेरुदण्डको रुपमा रहेको बताए । मन्त्री खनालले यस संरचनालाई सिर्जनात्मक रुपमा अगाडि बढाउन कानुनहरू परिमार्जन गर्दै लैजानुपर्ने भएकाले आफूहरू त्यसमै सक्रिय भइरहेको बताए ।

प्रदेश सरकारले जारी गरेको अध्यादेश तथा कानुन निर्माणको अवस्थाबारे जानकारी दिने उद्देश्यले पत्रकार सम्मेलन गरिएको बताउँदै मन्त्री खनालले प्रदेश सरकारबारे टिप्पणी, मूल्याङ्कन र आलोचना गर्ने समय भइनसकेको स्पष्ट पारे ।

प्रदेशमा विभिन्न मन्त्रालयका सचिव प्रदेशकै ११ औँं तहका कर्मचारीलाई बनाउने गरी कानुन ल्याइएको र तत्काल कार्यान्वयन गर्ने मन्त्री खनालको भनाइ छ । प्रदेश सरकारले ल्याएको अध्यादेशमा ११ औँ तहका कर्मचारी सचिव हुने उल्लेख रहेको उनले बताए । अब त्यसैअनुसार कार्यान्वयन गर्ने उनको भनाइ छ । सरकारले ल्याएको अध्यादेश अब बस्ने संसद्को पहिलो बैठकमा पेस गरिने मन्त्री खनालले जनाए  ।

प्रदेश सरकारले हालसम्म ५७ वटा ऐन बनाइसकेको छ ।  त्यसमा १४ वटा संशोधन भएको छ । हालसम्म सरकारले १० वटा अध्यादेश जारी गरेकामा चारवटा प्रदेशसभाबाट प्रतिस्थापन भइसकेको उनले बताए । प्रदेश सरकारले हालसम्म संशोधनसहित एक सय ७३ वटा कानुन निर्माण गरेको उनको भनाइ छ ।

 

प्रकाशित मिति : २ भाद्र २०७९, बिहीबार  ७ : ५९ बजे

प्रदीप पौडेललाई प्रश्न- देउवा आएपछि पार्टी एकताको सम्भावना टरेको हो ?

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेल संस्थापन इतर पक्ष शेरबहादुर देउवाको

पश्चिम बंगालका पूर्व विधानसभा उपसभामुख आशीष बनर्जी पार्टी कार्यालयमै झुन्डिएको अवस्थामा भेटिए

काठमाडौं– पश्चिम बंगाल विधानसभा पूर्वउपसभामुख तथा तृणमूल कांग्रेस (टीएमसी) का

विदेशी उपाधिको समकक्षता निर्धारणको जिम्मेवारी अनुदान आयोगलाई

काठमाडौं– विश्वविद्यालय अनुदान आयोगले विदेशी विश्वविद्यालय वा सोसरहका शैक्षिक संस्थाबाट

विपद् जोखिम न्यूनीकरणमा पूर्वतयारी र समन्वयमा जोड

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले सम्भावित विपद्बाट हुने जनधनको क्षति न्यूनीकरणका

क्षयरोग केन्द्र ठिमीबाट ग्यास वितरण, नागरिकता वा राष्ट्रिय परिचयपत्र अनिवार्य

काठमाडौं– नेपाल आयल निगमको समन्वयमा राष्ट्रिय क्षयरोग केन्द्र भक्तपुरको ठिमीमा