बाँकेका अधिकांश खानेपानी आयोजना अलपत्र | Khabarhub Khabarhub

बाँकेका अधिकांश खानेपानी आयोजना अलपत्र


२ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज – बाँके जिल्लामा अधिकांश खानेपानी आयोजना अधुरो रहेका छन्। निर्माणाधीन आयोजनामध्ये चार-पाँच आयोजना मात्र आंशिक रुपमा सञ्चालनमा रहेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले जनाएको छ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, नेपालगञ्जका प्रमुख तिलक न्यौपानेका अनुसार यस वर्षको अन्तिमसम्म कम्तीमा आठ-१० खानेपानीको आयोजना सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ। उपभोक्ताको मागका आधारमा नभएर नेता र सांसदको दबाबमा माथिबाटै योजनाहरू थपिँदा समस्या भएको उनले बताए।

धेरै वर्षदेखि खानेपानीमा काम गरे पनि बाँकेमा थुप्रै चुनौतीहरू रहेकाले यी आयोजनाहरूले पूर्णता पाउन नसकेको जनाउँदै उनले भने, ‘बर्सेनि बजेट घट्दो छ तर, माग बढ्दोछ, गत वर्षको तुलनामा यो वर्ष ३३ प्रतिशत बजेट घटेर आएको छ। माग बढ्दो छ। यस्तै अवस्था रह्यो, भने २०३० मा सबैका घरमा पानी पुर्‍याउने लक्ष्य पूरा हुन गाह्रो छ।’

उहाँले आफूहरूले नचाहँदा नचाहँदै पनि योजना थपिने गरेको सुनाए। प्रमुख न्यौपानेले योजनाको सङ्ख्या बढ्दै गर्दा बजेट पनि घटिरहेको जानकारी दिए। उनका अनुसार जिल्लामा सबैभन्दा बढी राप्तीसोनारी गाउँपालिका र सबैभन्दा कम नेपालगञ्ज उपमहानगरपालिकामा खानेपानीको आयोजना निर्माणाधीन रहेको छ।

जिल्लामा १५ प्रतिशत घरधुरीले पाइप प्रणालीको पानी खाने गरेको कार्यालयले जनाएको छ। कार्यालयका अनुसार जिल्लाका १४.९० प्रतिशत घरधुरीका मानिसले मात्रै पाइप प्रणालीको पानी खाने गरेका हुन्। बाँकी ८५ प्रतिशत घरधुरीका जनताले ह्यान्ड पम्प, कुवा, इनारको पानी पिउने गरेका छन्। यसरी पानी खाने जिल्लाका १४ हजार एक सय ३० घरधुरी छन्। सन् २०३० सम्म सबै घरमा स्वच्छ खानेपानी पुर्‍याउने दिगो विकास लक्ष्य राखिएको छ।

कार्यालयले जिल्लामा ७५ खानेपानीका योजनामा काम गरिरहेको जनाएको छ। गत वर्ष खानेपानीमा रु २४ करोड खर्च भएको जनाइएको छ। ती योजना भने कुनै पनि सम्पन्न भएका छैनन्। एउटा योजना सम्पन्न नहुँदै अर्को योजनामा हात हाल्ने प्रवृत्तिले समयमा काम हुन सकेको जनाइएको छ ।

प्रकाशित मिति : २ आश्विन २०७९, आइतबार  ९ : ४७ बजे

संसदीय छानबिन समितिको कार्यादेश बनाउन कार्यदलको बैठक जारी

काठमाडौं– सहारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश टुंगो लगाउन

सभामुखले दलका मुख्य सचेतकसँग छलफल गर्दै

काठमाडौं– प्रतिनिभिसभाका सभामुख देवराज घिमिरेले संसद सञ्चालनका विषयमा दलका प्रमुख

कञ्चनपुरको वनहरा नदीमा पक्की पुल निर्माण हुँदै

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–१२ भएर बग्ने वनहरा नदीमा २५ करोडको लागतमा

महिला सुपर लिग : चेल्सीलाई लगातार पाँचौँ उपाधि

काठमाडौं– महिला सुपर लिग फुटबलको उपाधि चेल्सीले जितेको छ ।

आँखा शिविरबाट दुई सय बढी लाभान्वित

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटमा शनिबार सम्पन्न निःशुल्क आँखा शिविरमा