फोहोर व्यवस्थापनमा समस्या बढ्दै | Khabarhub Khabarhub

फोहोर व्यवस्थापनमा समस्या बढ्दै


२ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

सुन्दरहरैंचा – मोरङको सुन्दरहरैंचा नगरपालिकामा फोहोर व्यवस्थापनमा समस्या बढ्दै गएको छ। नगरपालिकाले विगत ५ वर्षदेखि सङ्कलन गर्दै आएको फोहोर नजिकैको जङ्गल तथा खोला छेउमा व्यवस्थापन गरेको कारणले अहिले समस्या देखिएको हो।

बस्ती नजिकै अव्यवस्थित रूपमा थुपारेको फोहोरबाट आउने दुर्गन्धले विभिन्न रोग निम्त्याउने गरेको स्थानीयहरू बताउँछन्। नगरको वडा नं १० को खोर्साने–केराबारी सडक खण्डमा रहेको डम्पिङ साइटले वातावरणसमेत प्रदूषित बनेको जनाइएको छ।

यस्तै वडा नं ४ मा रहेको गछिया खेला छेउ बडहरामा पनि केही वर्षदेखि फोहोर फाल्ने गरिएको छ। नगरको विराटचोक बजार, खोर्साने, सलकपुर, गोठगाउँलगायत क्षेत्रबाट निस्कने फोहोरलाई जङ्गलमा र गछिया, दुलारी, बाँसबारी, बलियाको फोहोर बडहरामा फाल्ने गरिएको छ। पानी परेको समयमा प्लास्टिकजन्य फोहोर बगाएर किसानको खेतबारी तथा अन्य ठाउँमा पुर्‍याउने गरेकाले खेतबारीको माटोसमेत प्रदूषित भई उत्पादनमा गिरावट आएको सुन्दरहरैंचा १० निवासी नगेन्द्र दाहालले बताए। उनले भने, ‘यो समस्या अन्त्यका लागि कुहिने तथा नकुहिने फोहोर मैला अलगअलग छुट्याएर उपयुक्त डम्पिङ साइडको विकास गर्नुपर्छ र फोहोरलाई मोहोरमा परिणत गर्न जरुरी छ। ‘

नगरपालिकाले दैनिक रूपमा ट्र्याक्टर तथा टिपरबाट फोहोर सङ्कलन गर्दै आएको छ। फोहोर व्यवस्थापन गर्न तत्कालीन समयमा हाल रहेको वडा नं १ को कुमारगाउँमा २ बिघा ५ कट्ठा जग्मा खरिद गरिएको थियो। उक्त जग्गामा अहिलेसम्म फोहोर व्यवस्थापनको काम भएको छैन।

उक्त क्षेत्र अहिले कासघारीमा परिणाम भएको छ। यो जग्गा खरिदका लागि विभिन्न सङ्घसंस्थाले सहयोगसमेत गरेका थिए। नगरपालिकाले हालसम्म सङ्कलन गरेको फोहोरमा कुहिने र नकुहिने फोहोर नछुट्याई व्यवस्थापन गर्ने गरेको छ।

सञ्चारकर्मी बाबुराम निरौलाले सुन्दरहरैंचाको फोहोरमैला व्यवस्थापन समयमा नै ध्यान पुर्‍याउन नसके समस्याका रूपमा रहने बताए। उनले भने ‘ नगरको विभिन्न वडाबाट सङ्कलन हुने फोहोर हाल खोर्सानेको उत्तरतर्फको जङ्गलमा फाल्नु उपयुक्त छैन। ‘समयमा नै फोहोरमैलालाई वर्गीकरण गरी कुहिनेलाई मल तथा नकुहिनेलाई कच्चापदार्थमा परिणत गर्न सम्बन्धित सरोकारवालाले ध्यान पुर्‍याउँदै ती जमिनमा भण्डारण केन्द्र निर्माण गरी दिगो फोहोरमैला व्यवस्थापन सुन्दरहरैंचामा गर्न जरूरी देखिएको स्थानीयहरू बताउँछन्।

नगरप्रमुख केदारप्रसाद गुरागार्इंले नगरपालिकामा फोहोर व्यवस्थापनमा समस्या भएको हुँदा दीर्घकालीन समाधानका लागि काम भइरहेको बताए। उनले भने ‘फोहोरको उचित व्यवस्थापन गर्न समय लाग्छ, मोरङको बेलबारी, केराबारी, पथरीशनिश्चरेलगायत छिमेकी पालिकाको सामूहिक पहलमा हाइवे उत्तर कसैलाई कुनै असर नपर्ने गरी फोहोरको उचित व्यवस्थापनमा पहल गर्न छलफल भइरहेको छ।’

प्रकाशित मिति : २ आश्विन २०७९, आइतबार  ९ : ५८ बजे

मुगुको कोटडाँडा आसपास केन्द्रविन्दु भएर भूकम्प

काठमाडौं– मुगुको कोटडाँडा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

गलकोटका सबै माध्यमिक तहका विद्यालयमा पानीको सुविधा

बागलुङ– स्रोत प्रसस्त भएर पनि गलकोटका अधिकांश विद्यालयमा पिउने पानीको

दक्षिणी युरोपमा प्रचण्ड गर्मी : बढ्न थाल्यो डढेलोको जोखिम

काठमाडौं – युरोपका धेरै स्थानलाई अहिले तातो हावाको बहावले प्रभावित

किसानको आयआर्जन बढाउन बिरुवा वितरण

भोजपुर– वन क्षेत्रको विकाससँगै किसानलाई उद्यममा जोड्न जिल्लामा साढे आठ

क्लब विश्वकप वायरन क्वार्टर फाइनलमा

काठमाडौं – फ्लेमिङ्गोलाई ४-२ ले हराउँदै वायरन म्युनिख फिफा क्लब