ङादी ग्रुप पावरको हकप्रद सेयर आजदेखि लिलामीमा « Khabarhub

ङादी ग्रुप पावरको हकप्रद सेयर आजदेखि लिलामीमा


२ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ङादी ग्रुप पावर लिमिटेडले आइतबार (आज) २ असोजदेखि अवतरित हकप्रद सेयर बोलकबोल माध्यमद्वारा  बिक्रीमा ल्याएको छ । कम्पनीले सर्वसाधारण समूहतर्फको नबिकेको १२ लाख ५७ हजार २९० कित्ता सेयर आइतबारबाट बोलकबोलमार्फत बिक्री गर्न लागेको हो ।

उक्त सेयरमा १३ असोजसम्म आवेदन दिन सकिनेछ । आवेदन दिँदा न्यूनतम १०० कित्ता र अधिकतम पुरै कित्ताको लागि आवेदन दिनुपर्नेछ ।

कम्पनीले उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकेका छ । यसर्थ आवेदन दिँदा न्यूनतम १०० रुपैयाँ कबुल गरी आफ्नो बोलपत्र पेस गर्नुपर्नेछ ।

सेयर लिलाम प्रक्रियाको लागि सिद्धार्थ क्यापिटल बिक्री प्रबन्धक रहेको छ । क्यापिटलको कार्यालय नक्साल तथा सिद्धार्थ बैंकको शाखाहरू विराटनगर, बिर्तामोड, वीरगन्ज, जनकपुर, हेटौडा, नारायणगढ, पोखरा, बाग्लुंग, बुटवल , घोराही, नेपालगन्ज, सुर्खेत, धनगढी र महेन्द्र नगर शाखाबाट बोलपत्र आवेदन बुझाउन सकिनेछ ।

प्रकाशित मिति : २ आश्विन २०७९, आइतबार  १२ : ५६ बजे

च्यासलमा एमाले सचिवालय बैठक (तस्बिरहरू) 

काठमाडौं – नेकपा (एमाले) सचिवालय बैठक हाल पार्टी केन्द्रीय कार्यालय

पाल्पामा चुनावी चहलपहल बढ्यो

तानसेन– आगामी फागुन २१ हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सफलतापूर्वक सम्पन्न

छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता

काठमाडौं– मुलुकको विकास साझेदारहरूबाट चालु आर्थिक वर्षको प्रथम छ महिनामा

नेपाली क्रिकेट टोलीलाई आईसीसी टी–२० विश्वकप खेल्न बिदाइ

काठमाडौं– आईसीसी टी–२० विश्वकप क्रिकेट खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट

‘गाजामा बालबालिकालाई पढाइ सुनिश्चित गर्न सहयोग बढाऊँ’

एजेन्सी – संयुक्त राष्ट्र र गाजामा काम गर्ने सहयोगी संस्थाहरूले