घरघरमा २४ सै घण्टा निःशुल्क खानेपानी « Khabarhub

घरघरमा २४ सै घण्टा निःशुल्क खानेपानी


२ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

भक्तपुर-  भक्तपुरको लामाटोलमा २४ सै घण्टा खानेपानीको सुविधा पाएका छन् । सूर्यविनायक नगरपालिका-९ मा पर्ने लामाटोल सबै सुविधाले विपन्न छ । सहरसम्म पुग्न अर्थात् अरनिको राजमार्गको साँगासम्म पुग्न डेढ घण्टाको पैदल यात्रा गर्नुबाहेक अरु विकल्प छैन । नगरपालिका भए पनि पहाडको टुप्पो जङ्गलको घेरामा रहेको यो ठाउँ कुनै गाउँ विकास समिति भन्दा कम छैन ।

सबै कुराले विपन्न भए पनि यो ठाउँ यतिखेर खानेपानीले भने सम्पन्न भएको हो । यहाँका १८ वटा घरमा घरघरमा २४ सै घण्टा खानेपानी आउँछ, त्यो पनि निःशुल्क । स्थानीयले खानेपानीको ट्यांकी बनाएपछि यो सर्वसुलभ सुविधा पुगेको हो । स्थानीयले दिनरात नभनी ४० हजार लिटरको ट्यांकी बनाएका छन् । जङ्गलको बीचमा बनाइएको ट्यांकीबाट तल रहेको १८ घरमै पानीको पाइपलाइन जडान छ । आफैले इँटा, सिमेन्ट, डन्डी बोकेर बाटोबाट माथिसम्म पुर्‍याएर डकर्मीको सहयोगले उनीहरूले ट्यांकी बनाए । यसअघि उनीहरूले पानीको मुहानबाट ट्यांकीसम्म पानी पुर्‍याउन पहाडको जङ्गलैजङ्गल भएर पाइपलाइन विस्तार गर्न कुलो बनाइ पाइपलाइन बिछ्याए पनि ।

स्थानीय मारसाङ तामाङ सबै कुराले दुःख भए पनि पानीमा आफूहरूको ठाउँ स्वर्ग भएको बताउँछिन् । ‘जङ्गलको बीचमा रहेको यो बस्तीमा सबैतिर पानी भए पनि पहिला पानीको समस्या थियो,’ मारसाङले भनिन्, ‘तर अहिले पानीको लागि हाम्रो ठाउँ स्वर्ग भएको छ ।’

दैनिक दुई तीन घण्टा लगाएर भक्तपुरको ख्वप कलेज पढ्न आउने स्मृति तामाङले पानीका लागि यसअघि त्यहाँ स्थानीयबीच झगडा हुने गरेको सम्झिन् ।लामाटोल खानेपानी उपभोक्ता समितिका अध्यक्ष शंकर लामाले नेपाल मजदुर किसान पार्टीबाट समानुपातिकतर्फ बागमती प्रदेश सभा सदस्य सृजना सैंजुको संसद् विकास कोषबाट प्राप्त १० लाख रुपैयाँबाट यो काम भएको बताए । यसका लागि झन्डै दुई महिना स्थानीयले जनश्रमदान गरेको उनले बताए । खानेपानी ट्यांकीको संघीय सांसद प्रेम सुवालले उद्घाटन गरे ।

प्रकाशित मिति : २ आश्विन २०७९, आइतबार  १ : ४८ बजे

आजका समाचार : इन्जिनियर सांसदसँग प्रधानमन्त्रीको छलफल, चार विधेयक समितिमा, बाढीले दोधारा–चाँदनीको पुल बगायो र इराकबाट अमेरिकी सेना फिर्ता

इन्जिनियरिङ पृष्ठभूमिका १७ सांसदसँग प्रधानमन्त्रीको छलफलप्रधानमन्त्री बालेन्द्र शाहले इन्जिनियरिङ पृष्ठभूमिका

राष्ट्रपति जेलेन्स्कीद्वारा अग्रपङ्क्तिका सैनिकसँग भेट

किएभ- युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बुधबार अग्रपङ्क्तिमा खटिएका सैनिकसँग भेट गरी

अख्तियारद्वारा आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय,

प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार

हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चबारे गृहमन्त्रीको जवाफ- ‘बढीमा २० करोड भयो’

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले हेलिकप्टर उद्धारका लागि अर्बौँ रुपैयाँ खर्च