घरघरमा २४ सै घण्टा निःशुल्क खानेपानी « Khabarhub

घरघरमा २४ सै घण्टा निःशुल्क खानेपानी


२ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

भक्तपुर-  भक्तपुरको लामाटोलमा २४ सै घण्टा खानेपानीको सुविधा पाएका छन् । सूर्यविनायक नगरपालिका-९ मा पर्ने लामाटोल सबै सुविधाले विपन्न छ । सहरसम्म पुग्न अर्थात् अरनिको राजमार्गको साँगासम्म पुग्न डेढ घण्टाको पैदल यात्रा गर्नुबाहेक अरु विकल्प छैन । नगरपालिका भए पनि पहाडको टुप्पो जङ्गलको घेरामा रहेको यो ठाउँ कुनै गाउँ विकास समिति भन्दा कम छैन ।

सबै कुराले विपन्न भए पनि यो ठाउँ यतिखेर खानेपानीले भने सम्पन्न भएको हो । यहाँका १८ वटा घरमा घरघरमा २४ सै घण्टा खानेपानी आउँछ, त्यो पनि निःशुल्क । स्थानीयले खानेपानीको ट्यांकी बनाएपछि यो सर्वसुलभ सुविधा पुगेको हो । स्थानीयले दिनरात नभनी ४० हजार लिटरको ट्यांकी बनाएका छन् । जङ्गलको बीचमा बनाइएको ट्यांकीबाट तल रहेको १८ घरमै पानीको पाइपलाइन जडान छ । आफैले इँटा, सिमेन्ट, डन्डी बोकेर बाटोबाट माथिसम्म पुर्‍याएर डकर्मीको सहयोगले उनीहरूले ट्यांकी बनाए । यसअघि उनीहरूले पानीको मुहानबाट ट्यांकीसम्म पानी पुर्‍याउन पहाडको जङ्गलैजङ्गल भएर पाइपलाइन विस्तार गर्न कुलो बनाइ पाइपलाइन बिछ्याए पनि ।

स्थानीय मारसाङ तामाङ सबै कुराले दुःख भए पनि पानीमा आफूहरूको ठाउँ स्वर्ग भएको बताउँछिन् । ‘जङ्गलको बीचमा रहेको यो बस्तीमा सबैतिर पानी भए पनि पहिला पानीको समस्या थियो,’ मारसाङले भनिन्, ‘तर अहिले पानीको लागि हाम्रो ठाउँ स्वर्ग भएको छ ।’

दैनिक दुई तीन घण्टा लगाएर भक्तपुरको ख्वप कलेज पढ्न आउने स्मृति तामाङले पानीका लागि यसअघि त्यहाँ स्थानीयबीच झगडा हुने गरेको सम्झिन् ।लामाटोल खानेपानी उपभोक्ता समितिका अध्यक्ष शंकर लामाले नेपाल मजदुर किसान पार्टीबाट समानुपातिकतर्फ बागमती प्रदेश सभा सदस्य सृजना सैंजुको संसद् विकास कोषबाट प्राप्त १० लाख रुपैयाँबाट यो काम भएको बताए । यसका लागि झन्डै दुई महिना स्थानीयले जनश्रमदान गरेको उनले बताए । खानेपानी ट्यांकीको संघीय सांसद प्रेम सुवालले उद्घाटन गरे ।

प्रकाशित मिति : २ आश्विन २०७९, आइतबार  १ : ४८ बजे

मासुमा मात्रै होइन शाकाहारी भोजनमा पनि पर्याप्त प्रोटिन पाइन्छ 

काठमाडौं– हिजोआज कसरत गर्ने व्यक्तिहरू ‘प्रोटिन सेक, प्रोटिन पाउडर’ किनेर

दुर्गमको ‘लालझाडी’ सडक पूर्वाधार विकासले सुगम बन्दै

कञ्चनपुर– जिल्लाको दुर्गम क्षेत्रका रूपमा परिचित लालझाडी गाउँपालिका पछिल्ला वर्षहरूमा

विद्यालयको मनपरीविरुद्ध आन्दोलन गर्न अभिभावकलाई शिक्षामन्त्री पुनको आग्रह

काठमाडौं – शिक्षामन्त्री महावीर पुनले विद्यालयको मनपरीविरुद्ध अभिभावकले आन्दोलन गर्नुपर्ने

काठमाडौंमा मनाइयो ‘विश्व ध्यान दिवस’ (तस्बिरहरू)

काठमाडौं– संयुक्त राष्ट्रसंघको घोषणाअनुसार आज विभिन्न कार्यक्रमको आयोजना गरी ‘विश्व

कागती बिक्री नभएपछि रस र चुक बनाइँदै

स्याङ्जा– स्याङ्जामा उत्पादित कागती बिक्री नभएपछि किसानले विकल्पको खोजी गरेका