पर्यटन मन्त्रालयका उपसचिवविरुद्ध मुद्दा दायर « Khabarhub

पर्यटन मन्त्रालयका उपसचिवविरुद्ध मुद्दा दायर


२ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपाल विरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगले उपसचिव नेपाललाई केही दिन पहिले प्याराग्लाइडिङ सञ्चालनका लागि अनुमति दिने क्रममा बीबी एयरवेजका प्रमुख कार्यकारी अधिकृत हरिभक्त श्रेष्ठसँग रु छ लाख घुस लिँदै गरेको अवस्थामा पक्राउ गरेको थियो ।

आयोगले आरोपी नेपालविरुद्ध रु छ लाख बिगो र सोहीअनुसार कैद सजायको माग गरेको छ । आयोगले सापटीबापत लिएको भनिएको रु १६ लाख ५० हजार जफत गर्न माग गरेको छ । आयोगले उपसचिव नेपालको सवारी साधनबाट उक्त रकम बरामद गरेको थियो ।

बीबी एयरवेजका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठमाथि पनि घुस दिएर सरकारी कर्मचारी प्रभावित पार्न खोजेको आरोप लगाउँदै आयोगले भ्रष्टाचार निवारण ऐनबमोजिमको कारबाहीको माग गरेको छ ।

प्रकाशित मिति : २ आश्विन २०७९, आइतबार  ५ : ५८ बजे

साताको कार्टुन : खिल निकाल्ने वर्ष

काठमाडौँ – काठमाडौँ उपत्यकाका सार्वजनिक क्षेत्र ओगटेर बनेका अव्यवस्थित बस्ती

आज वैशाख शुक्ल चतुर्दशी : नृसिंह जयन्ती मनाइँदै

काठमाडौँ- वैदिक सनातन हिन्दू धर्मअनुसार आज नृसिंह जयन्ती मनाइँदै छ

राधास्वामीको टहरामा सुकुम्बासी: टेन्टभित्रको रात, खाजामा भुजा र चिया

काठमाडौँ – उपत्यकाका विभिन्न सुकुम्बासी बस्तीमा सरकारले डोजर चलाएपछि घरबारविहीन

ट्राफिक कारबाहीबाट एकै दिन २२ लाख ७४ हजार राजस्व सङ्कलन

काठमाडौँ– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले २४ घण्टाको अवधिमा २

रुखबाट लडेर वृद्धको मृत्यु

बाजुरा– बाजुराको गौमुल गाउँपालिकाका सुन्तलाको रुखबाट खसेर एक जनाको मृत्यु