निर्वाचन नजिकिएसँगै अध्यक्ष थापालाई छिमेकी भेट्न भ्याई नभ्याई « Khabarhub

निर्वाचन नजिकिएसँगै अध्यक्ष थापालाई छिमेकी भेट्न भ्याई नभ्याई


२ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन नजिकिएसँगै राप्रपा नेपालका अध्यक्ष कमल थापाले मतदाता र छिमेकीसँगको भेटलाई बाक्लो बनाएका छन् । यही क्रममा उनले आइतबार हेटौँडास्थित छिमेकीहरूसँग बसेर चियासहितको छलफल गरेका छन् ।

सो क्रममा उनले हेटौँडा-६ का छिमेकी तथा कार्यकर्ताहरूलाई निर्वाचनमा सघाउन आग्रह गरेका थिए । उनले आफूमाथि लागेको आरोपहरू बारे खोलेर कुरा गरेका थिए ।

राप्रपा फुटाएको नभई आफू एक्लै बाहिरिएको दलिल समेत उनले दिएका थिए । राप्रपाबाट बाहिरिनु रहर नभई बाध्यता भएको उनको तर्क थियो । उनले महाधिवेशनमा भएको घेराबन्दी, धोका, बेइमानी बारे निकै लामो चर्चा गरे । तर, यसबाट बिचलित नभई नयाँ ऊर्जा र योजनाका साथ क्रियाशील भएको दाबी गरे ।

मकवानपुरको विकास निर्माणमा आफ्नो योगदान रहेको उनले चर्चा गरे । उनले अधुरो विकास निर्माणलाई मूर्त रूप दिन चुनावी मैदानमा खडा हुन चाहेको पिन स्पष्ट पारे ।

यसकारण सबैको साथ समर्थन खोजेको बताए । पार्टी, वाद, बिचार भन्दामाथि उठेर राम्रो उम्मेदवार चयन गर्नुपर्नेमा थापाको जोड थियो । थापाको यो अभियान सबै वडाहरूमा निरन्तर जारी रहने राप्रपा नेपाल मकवानपुरका अध्यक्ष गुरुप्रसाद सापकोटाले जानकारी दिए ।

प्रकाशित मिति : २ आश्विन २०७९, आइतबार  ६ : ०७ बजे

आजका समाचार : इन्जिनियर सांसदसँग प्रधानमन्त्रीको छलफल, चार विधेयक समितिमा, बाढीले दोधारा–चाँदनीको पुल बगायो र इराकबाट अमेरिकी सेना फिर्ता

इन्जिनियरिङ पृष्ठभूमिका १७ सांसदसँग प्रधानमन्त्रीको छलफलप्रधानमन्त्री बालेन्द्र शाहले इन्जिनियरिङ पृष्ठभूमिका

राष्ट्रपति जेलेन्स्कीद्वारा अग्रपङ्क्तिका सैनिकसँग भेट

किएभ- युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बुधबार अग्रपङ्क्तिमा खटिएका सैनिकसँग भेट गरी

अख्तियारद्वारा आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय,

प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार

हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चबारे गृहमन्त्रीको जवाफ- ‘बढीमा २० करोड भयो’

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले हेलिकप्टर उद्धारका लागि अर्बौँ रुपैयाँ खर्च