विदेशबाट फर्किएका युवालाई एक महिने सीप विकास तालिम « Khabarhub

विदेशबाट फर्किएका युवालाई एक महिने सीप विकास तालिम


१ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

बारा– विदेशबाट फर्केका नेपालीलाई स्वरोजगार तुल्याउने उद्देश्यले बाराको निजगढ र कोल्हबीमा आयोजना गरिएको एक महिने दक्षता परीक्षण परीक्षामा सहभागीलाई सामग्री हस्तान्तरण गरिएको छ । एक महिने तालिम समापन भएसँगै उनीहरूको स्कील टेष्ट गरेर सामग्री हस्तान्तरण गरिएको हो ।

बाराको कोल्हबी, निजगढ र रतनपुरीका १८० जना सहभागीलाई रिटर्न माइग्रेट नेपालका केन्द्रीय सचिव एवं मधेस प्रदेश इन्चार्ज रामकृष्ण घिमिरे, निजगढ नगरपाकिलाकाका प्रमुख सुरथ पुरी एंव उपप्रमुख सोममाया थिङले सामग्री हस्तान्तरण गरेका हुन् । 

मधेश प्रदेशका विभिन्न जिल्लाहरूमा रिटर्नी माइग्रेन्टको आयोजनामा नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, ब्रिटिस काउन्सिल, युरोपियन युनियन र  युएनडिपीलगायत संस्थाहरूको सहयोगमा निजगढ र कोल्हबीमा विदेशबाट फर्किएका युवाहरूका लागि दिइएको एक महिने तालिम समापन कार्यक्रममा सामग्री वितरण गरिएको हो । 

युवाहरूलाई विद्युत, डकर्मी र धारा जडानसम्बन्धी तालिम दिइएको थियो । तालिमका लागि छनोटमा परेको रौतहटस्थित साँझा व्यवसाय सीप विकास प्रालिले एक सय र सर्लाहीको उद्यमी विकास तथा रोजगार सृजना केन्द्रले ८० जना युवालाई तालिम दिएको थियो ।  तालिमपछि सहभागीहरूका स्किल टेष्ट गरिएको र उनीहरूले काम गर्ने औजारहरू वितरण गरिएको रिटर्नीका सचिव घिमिरेले जानकारी दिए । स्किल टेष्टमा सहभागी भएका युवाहरूलाई व्यावसायिक रूपमा काम गर्न संस्थाले आवश्यक सहयोग र परामर्श उपलब्ध गराउने सचिव घिमिरेले बताए । उनले तालिम प्राप्त युवाहरूलाई स्वरोजगार बनाउन स्थानीय सरकारले यथाशक्य सहयोग गर्नुपर्ने बताए ।

कोल्हबीमा भएको सामग्री हस्तान्तरण कार्यक्रममा रिटर्नी माइग्रेन्ट बारा जिल्ला अध्यक्ष दिपेन्द्र सुवेदी, समृद्धि नेपालका पुरन चौधरी र साँझा व्यवसायीका कार्यकारी निर्देशक सुरेशप्रसाद साह, उद्यमी विकास तथा रोजगार सृजना केन्द्रका निर्देशक हिमालय अधिकारीको उपस्थिति थियो । 

प्रकाशित मिति : १ कार्तिक २०७९, मंगलबार  ११ : ५४ बजे

पश्चिम बंगालको प्रारम्भिक रुझानमा भाजपा बहुमततर्फ, पछ्याउँदै टीएमसी, भवानीपुरबाट ममताको अग्रता

कोलकाता- नेपालको पूर्वी सीमासँग जोडिएको भारतको पश्चिम बंगाल राज्यका २९३

पोखराका सुकुम्बासी त्रसित: वैकल्पिक व्यवस्था नभएसम्म बस्ती नछाड्ने अडान (फोटो फिचर)

पोखरा – काठमाडौँका सुकुम्बासी बस्तीमा डोजर चल्न थालेपछि पोखराका सुकुम्बासीहरू

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै

गृहसचिव श्रेष्ठद्वारा महानिरीक्षक पौडेललाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौँ – गृह सचिव राजकुमार श्रेष्ठले सशस्त्र प्रहरी बल नेपालका

विश्वकप लिग-२ : ओमानविरुद्धको खेलका लागि क्यानले टिकट दर घटायो, अब २०० मात्रै

काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान) ले त्रिवि क्रिकेट मैदानमा