म्याराथनको पुरुषमा गण्डकी, महिलामा सशस्त्रलाई स्वर्ण « Khabarhub

म्याराथनको पुरुषमा गण्डकी, महिलामा सशस्त्रलाई स्वर्ण


१ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

पोखरा– नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकीले म्याराथनको उपाधि जितेको छ । मंगलबार बिहान भएको प्रतियोगितामा अनिश थापा मगरले स्वर्ण जितेका हुन् ।

मगरले २ घन्टा २२ मिनेट ५४ सेकेन्डमा ४२ किलोमिटर दूरी पार गरे । प्रतियोगितामा नेपाली सेनाका धावक कृष्ण बस्नेतले २ घन्टा २३ मिनेट १४ सेकेन्डमा दौड पूरा गरी रजत जित्दा सशस्त्रका सन्तोषविक्रम विष्टले २ घन्टा ३० मिनेट ५४ सेकेन्डमा दौड पूरा गरेर कास्य जिते ।

महिलातर्फ सशस्त्र प्रहरी बलकी वृन्द्राधन श्रेष्ठले स्वर्ण जितेकी छन् । पोखरा रंगशालामा मंगलबार बिहान भएको म्याराथन दौडमा वृन्द्राले ४२.१९५ किलोमिटर दूरी २ घन्टा ५७ मिनेट २३ सेकेन्डमा पूरा गर्दै स्वर्ण पदक जितेकी हुन् । 

रजत पदक जितेकी आर्मीकी विश्वरुपा बुढाले ३ घन्टा ००.३५ सेकेन्डमा दूरी पूरा गरिन् । पुलिसकी रेखा विष्टले ३ घन्टा १ मिनेट ३५ सेकेन्डमा पूरा गर्दै कास्य जितिन् ।

प्रकाशित मिति : १ कार्तिक २०७९, मंगलबार  १२ : ४५ बजे

कांग्रेस महाधिवेशनमा भाजपा, चिनियाँ कम्युनिस्ट पार्टीसहित कुन देशका पार्टीले दिए शुभकामना ?

काठमाडौँ – नेपाली कांग्रेसको १५ औँ महाधिवेशनका अवसरमा विभिन्न देशका

दाउन्ने बस दुर्घटना : मामा भान्जाको निधनले एलगाउँवासी शोकमग्न

राँझा– दसैँको पूर्वसन्ध्यामा बस दुर्घटनामा परी एकैघरका मामा र भान्जाको निधन

‘कांग्रेस महाधिवेशन वर्तमान र भविष्यबारे संवाद गर्ने थलो हो’

काठमाडौं-नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले कांग्रेसको १५औँ महाधिवेशन पार्टीको वर्तमान

आरेन राईले कांग्रेसको प्रसंशा गरेपछि खुलामञ्चमा हुटिङ

काठमाडौं- श्रम संस्कृति पार्टीका महासचिव आरेन राईले नेपाली कांग्रेसको १५औँ

महाधिवेशनको लागि गगनले तयार गरेको राजनीतिक प्रतिवेदनमा आर्थिक दृष्टिकोण के छ ?

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको १५औँ महाधिवेशनमा पेश