म्याराथन धाविका पुष्पा भण्डारी घाइते « Khabarhub

म्याराथन धाविका पुष्पा भण्डारी घाइते


१ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


504
Shares
  • change font
  • change font
  • change font

पोखरा– म्याराथन धाविका पुष्पा भण्डारी घाइते भएकी छन् । पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा महिला म्याराथन प्रतियोगितामा दौडिरहेको बेला मंगलबार उनी खुट्टामा चोट लागेर उनी घाइते भएकी हुन् ।

करिब २० किलोमिटर दूरी पार गर्ने क्रममा उनको खुट्टा फ्याक्चर भएको हो । ‘२० किलोमिटर पार गर्दै थिएँ, खुट्टा दुख्यो,’ उनले भनिन्, ‘पहिला वास्ता गरिनँ, पछि अरू १० किलोमिटर कुदेँ ,त्यसपछि कुद्नै नसक्ने गरी दुख्यो अनि कुद्न सकिनँ ।’

उनलाई पोखरास्थित अन्नपूर्ण हस्पिटलमा उपचार गरिएको छ । उनको गोलीगाँठोभन्दा तलको भागमा केही समस्या देखिएकाले प्लास्टर गरिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । पुष्पाले ११३ औँ साग गेममा २ घन्टा ५० मिनेट ११ सेकेन्डमा म्याराथन पूरा गरी महिला म्याराथनमा पहिलो रजत पदक जितेकी थिइन् । उनी महिला म्याराथनतर्फ साग अन्तर्राष्ट्रिय पदक जित्ने पहिलो खेलाडी हुन् । 

एपीएफ क्लबमा आवद्ध पुष्पाले यसपटक साग गेममा भन्दा राम्रो समय निकाल्ने तयारी भए पनि खुट्टामा चोट लागेका कारण आफ्नो सपना पूरा नभएको प्रतिक्रिया दिइन् ।

प्रकाशित मिति : १ कार्तिक २०७९, मंगलबार  २ : ४६ बजे

मर्स्याङ्दी नदीमा पानीको सतह बढ्यो : सतर्कता अपनाउन आग्रह

लमजुङ– लगातार वर्षा भइरहेका कारण मर्स्याङ्दी नदीमा पानीको सतह बढेको

पहिरोले बेँसीसहर–चामे सडक अवरुद्ध

काठमाडौं– अविरल वर्षाका कारण पहिरो जाँदा लमजुङ–मनाङ जोड्ने एकमात्र बेँसीसहर–चामे

एसिया कपमा छनोटपछि अब नेपाललाई एकदिवसीय मान्यता जोगाउने चुनौती

काठमाडौँ – आइसिसी विश्वकप क्रिकेट लिग–२ को जारी संस्करणमा नेपालको

विपद्मा स्वयंसेवक हुनु त नेपालीजस्तो…

काठमाडौं– विपद्मा स्वयंसेवकको सेवा कस्तो हुनुपर्दछ भन्ने अब्बल उदाहरण रसुवा

गोरखामा हुलाकमार्फत घरमै राहदानी

गोरखा- जिल्ला हुलाक कार्यालयमार्फत जिल्लाका ५५० जनाले घरमै राहदानी प्राप्त